बेलायतमा साढे तीन महिना बसाइपछि नेपाल फर्किए कलाकार अमृत गुरुङ

SHARE:

अल्डरसट । चलचित्र ‘सैंर्बे म्रु’ प्रदर्शनका लागि बेलायत आएका युवा समाजसेवी, चलचित्र निर्माता तथा कलाकार अमृत गुरुङलाई तीनमहिने बेलायत बसाइपछि नेपाल फर्किएका छन् ।

लामा अमृत फाउन्डेसनका अध्यक्षसमेत रहेका गुरुङ १७ नोभेम्बर २०२६ मा लन्डनको हिथ्रो हुँदै स्वदेश फर्किएका हुन् । कलाकार गुरुङको बिदाइका लागि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, काउन्सिलर धनबहादुर सार्की, तमु धीं यूकेका पूर्वअध्यक्ष हितकाजी गुरुङ, वर्तमान महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङ, अभिनेत्री लक्ष्मी गुरुङलगायत एयरपोर्ट पुगेका थिए ।

‘करिब साडे ३ महिनाको बेलायत बसाईपश्चात् यात्रा जन्मभूमि नेपाल । बेलायतवासी मेरो आफन्तहरूदेखि अग्रजहरूदेखि समकालीन साथीहरू सबैमा धेरै धेरै धन्यवाद । मेरो यात्रा आरामदायक रहोस् भनी शुभयात्रा केक काटी बिदाइ तथा मलाई एयरपोर्टसम्म विदाईको निम्ति पाल्नुहुने सबै मेरो अग्रजहरूप्रति धन्यवाद,’ अमृतले फेसबुकमा लेखेका छन्, ‘विशेष पानस रेस्टुरेन्टका सञ्चालक तमुधीं यूकेका सचिव, अल्डरसट भलिबल क्लबका अध्यक्ष मेरो सोल्टी राजा बिमल गुरूङ, मेरो दिदी मुना गुरूङलाई मनैदेखि धन्यवाद’

गुरुङको सुखद यात्राको कामना गर्दै सोमबार १६ नोभेम्बरमा अल्डरसटस्थित पानस रेस्टुरेन्टमा विशेष बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, काउन्सिलर धनबहादुर सार्की, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ,सचिव बिमल गुरुङ, गोर्खा ट्राभलका सञ्चालक दिलरास गुरुङ, तमु धीं यूकेका सल्लाहकार लेफ्टिनेन्ट चन्द्र गुरुङ, सहारा यूकेका युवा संयोजक अजयजङ्ग थापा तथा तमु धीं यूकेका मानार्थ सदस्य डेभिड आर्मिटेजलगायत बेलायतस्थित विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।

बिदाइ कार्यक्रममा सहभागीहरूले गुरुङसँगको आत्मीयता, आपसी सद्भाव र सम्बन्धका बारेमा अनुभव साटासाट गर्दै उनको बेलायत बसाइलाई स्मरणीय बनाएका थिए। नेपाल फर्कने क्रममा अमृत गुरुङले बेलायतमा आफूले प्राप्त गरेको माया, सद्भाव र सम्मानप्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘बेलायत बसाइ बिट मारेर नेपाल यात्रातर्फ लागिरहँदा मेरा सोल्टी राजा तथा दाजुहरूले दिनुभएको मायाप्रति हृदयदेखि नै आभारी छु । सबैमा धन्यवाद।’ कलाकार गुरुङ मंगलबार स्वदेश फर्कँदैछन् ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!