चलचित्र निर्माता अमृत गुरुङको बिदाइमा अल्डरसटस्थित पानस रेस्टुरेन्टमा कार्यक्रम

SHARE:

अल्डरसट । चलचित्र ‘सैंर्बे म्रु’ प्रदर्शनका लागि बेलायत आएका युवा समाजसेवी, चलचित्र निर्माता तथा कलाकार एवं लामा अमृत फाउन्डेसनका अध्यक्ष अमृत गुरुङलाई तीनमहिने बेलायत बसाइपछि नेपाल फर्कने क्रममा आत्मीय बिदाइ गरिएको छ।

गुरुङको सुखद यात्राको कामना गर्दै सोमबार १६ नोभेम्बरमा अल्डरसटस्थित पानस रेस्टुरेन्टमा विशेष बिदाइ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, काउन्सिलर धनबहादुर सार्की, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ,सचिव बिमल गुरुङ, गोर्खा ट्राभलका सञ्चालक दिलरास गुरुङ, तमु धीं यूकेका सल्लाहकार लेफ्टिनेन्ट चन्द्र गुरुङ, सहारा यूकेका युवा संयोजक अजयजङ्ग थापा तथा तमु धीं यूकेका मानार्थ सदस्य डेभिड आर्मिटेजलगायत बेलायतस्थित विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।

बिदाइ कार्यक्रममा सहभागीहरूले गुरुङसँगको आत्मीयता, आपसी सद्भाव र सम्बन्धका बारेमा अनुभव साटासाट गर्दै उनको बेलायत बसाइलाई स्मरणीय बनाएका थिए।

नेपाल फर्कने क्रममा अमृत गुरुङले बेलायतमा आफूले प्राप्त गरेको माया, सद्भाव र सम्मानप्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘बेलायत बसाइ बिट मारेर नेपाल यात्रातर्फ लागिरहँदा मेरा सोल्टी राजा तथा दाजुहरूले दिनुभएको मायाप्रति हृदयदेखि नै आभारी छु । सबैमा धन्यवाद।’ कलाकार गुरुङ मंगलबार स्वदेश फर्कँदैछन् ।

तस्बिर : बिमल गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!