बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुग्यो, ३०५ अझै बेपत्ता

SHARE:

रियो दि जनेरियो । ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै पत्ता रहेका छन् ।

बेपत्ता हुनेमा खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासिन्दा रहेका छन् ।
भेलले बनाएको बाँध भत्किएपछि बेपत्ता भएकाहरुको उद्धार तथा खोजी कार्य पनि जारी रहेको अधिकारीहरुले बताएका छन् ।

जीवितै उद्धार गरिएकामध्ये केहीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको उनीहरुले जनाएका छन् ।
“हामी अरु पनि जिवितै भेटिन्छन् कि भनेर खोजी गरिरहेका छौँ,” उद्धार कार्यमा खटिएका एक सुरक्षाकर्मीले बताए ।
बेपत्ता भएकाहरु मध्ये अधिकांश जिवितै भेटिने संभावना कम रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!