ब्रिगेड भेट्रेन बास्केटबल टुर्नामेन्ट हुँदै

SHARE:

एटा संवाददाता
अल्डरसट । बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि सँगसँगै विभिन्न खेलको आयोजना पनि बाक्लिँदै आएको छ । खेलप्रति भेट्रेनहरुको सक्रियता बढाउने उद्देश्यका साथ आगामी सेप्टेम्बरमा बिग्रेड बास्केटबल टुर्नामेन्टको आयोजना गर्ने भएको छ ।

फुटबल प्रतियोगिताको तुलनामा भलिबल र बास्केटबल भने त्यति धेरै आयोजना गरिएको देखिँदैन । त्यसमा पनि नेपाली समुदायमा भ्रेटेनहरुलाई लक्षित गरी छुट्टै प्रतियोगिताको आयोजना गरिएको संभवतः पहिलो हो । भूतपूर्व गोर्खाज् समेत रहेका शान्तकुमार गुरुङको संयोजकत्वमा २२ सेप्टेम्बर २०१८ का दिन अल्डरसट क्वीन्स एभिन्युस्थित अल्डरसट ग्यारीजन स्पोटर्स सेन्टरमा सो खेल हुन लागेको हो ।

संयोजक गुरुङका अनुसार ४० वर्ष भन्दा माथिका नेपाली खेलाडीहरुले भाग लिन पाउने सो खेलमा २४ देखि ३२ वटा टिम खेलाइने छ । १५० पाउन्ड टिम दर्ता शुल्क तोकिएको सो खेलमा सहभागी हुन चाहने टिमले ३१ मे २०१८ भित्र आयोजकलाई सम्पर्क गर्नुपर्ने छ । खेल सम्पन्न गर्न आफ्नो संयोजकत्वमा चित्र प्रकाश पुन सहसंयोजक, क्याप्टेन जीवन गुरुङ, इन्द्रनारायण गुरुङ, कमल गुरुङ, सिमस गुरुङ र मणिराज गुरुङ सदस्य रहेको एक आयोजक कमिटी गठन गरिएको संयोजक गुरुङले बताए । उनले खेलका विजेतालाई १३०० पाउन्ड, ट्रफी र उपविजेतालाई १००० पाउन्ड नगद पुरस्कार दिने बताए । उत्कृष्ट खेलाडी र टप स्कोररलाई पनि ट्रफी प्रदान गरिने छ ।

सन् २००४ देखि ठूलो संख्यामा गोर्खाज् र नेपालीहरु बेलायतमा बसोबास गर्दै आएको स्मरण गर्दै खेलबाट एकअर्कामा भेटघाटका साथै शारीरिक स्वस्थ राख्न मद्दत पुग्ने संयोजक गुरुङको विश्वास छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!