रसमुरका नेपाली उद्यमी र व्यापारीहरुबीच भेटघाट

SHARE:

एटा सम्वाददाता
अल्डरसट । रसमुर बरो काउन्सिलअन्र्तगत अल्डरसट–फार्नबोरो सहरका नेपाली उद्यमी, व्यापारी र व्यवसायीहरुबीच भेटघाट सम्पन्न भएको छ । एकअर्कामा परिचय गर्ने, आ–आफ्ना अनुभवहरु आदानप्रदान गर्ने, आफ्नो व्यापारलाई कसरी अभिवृद्धि गर्ने र नेपाली व्यापारीहरुबीचको सम्बन्धलाई अझ कसरी बलियो बनाउने भन्ने उद्देश्यका साथ गत १९ अप्रिल २०१८ बिहिबार बेलुकी एक परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

करिब ३५ जनाको उपस्थिति रहेको बैठकमा एकअर्कामा परिचय गर्दै आ–आफ्ना व्यवसायको बारेमा जानकारी दिएका थिए । व्यापारको चुनौती, अवसर र विद्यमान नियम कानूनहरुको बारेमा सहभागीहरुले बोलेका थिए । एनआरएनए युकेका उपाध्यक्ष एवं भेटघाट रेस्टुरेन्टका सञ्चालक शेर सुनारको संयोजकत्वमा सम्पन्न सो भेटघाटमा आपूmले सिकेको सीप, ज्ञान र अनुभवको आधारमा व्यापार गरिएमा सफलता पाउन सकिने धेरैले विश्वास व्यक्त गरे । सो अवसरमा एकअर्कामा संगठित हुनुपर्नेमा सबैले जोड दिँदै आगामी ४ २०१८ बेलुकी एएम ओजन रेस्टुरेन्टका सञ्चालक आनन्द देवानको संयोजकत्वमा पुनः भेटघाट रेस्टुरेन्ट हाईस्ट्रीट अल्डरसटमा बैठक बस्ने निर्णय गरेको छ ।

कार्यक्रममा गोर्खा सेक्युरिटी सर्भिसेस्का बिष्णु तामाङ, हरिकुमार श्रेष्ठ, वाईबीसी क्लिनिङ्ग सर्भिसेसका योगेन क्षेत्री, गोर्खा प्यालेस रेस्टुरेन्टका सूर्य गुरुङ, क्वालिटी सुपर स्टोर्सका ज्ञान शेरचन, गोर्खा ट्राभल्सका डिलरास गुरुङ र उद्यमी प्रवेश केसीलगायत अनुभवी उद्यमी व्यवसायीहरुले आ–आफ्ना अनुभव सुनाएका थिए ।

स्मरण रहोस्, नेपालीहरुको वृद्धि सँगसँगै नेपाली व्यापारी र उद्यमीहरुले समेत यस क्षेत्रलाई व्यापारिक थलोको रुपमा लिई करीब ६० भन्दा बढी व्यवसायहरु सञ्चालन भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!