यस्तो आयो अमेरिकालाई चीनको आग्रह

SHARE:

बेइजिङ । अमेरिकालाई अरूको प्रबिधि विकास र प्रगतिमा खुला तथा समावेशी दृष्टिकोण राख्न चीनले अमेरिकालाई आग्रह गरेको छ । संयुक्त राज्य अमेरिका विश्वको एक नम्बर प्राविधिक शक्ति हो तर उसले आफ्नो मात्रै विकासलाई फैलाउने र अन्य मुलुकको प्रगतिका लागि स्थान नदिने गर्न नहुने चीनका विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले नियमित पत्रकार भेटमा बिहीबार बताए ।

सुवाङको उक्त प्रतिक्रिया चीन–अमेरिकाबीच व्यापारबारे वासिङटनमा वार्ता चलिरहेकै समय अमेरिकी सिनेट सेलेक्ट कमिटि अन इन्टिलिजेन्सका उपप्रमुख मार्क वार्नर तथा सिनेटमा अल्पसङ्ख्यक समुदायका नेता चाल्र्स स्कुमरले चीनलाई प्रविधिमा बौद्धिक चोरी गरेकोे अमेरिकी आरोपपछि आएको हो । अमेरिकाले अन्य मुलुकमाथि प्रबिधि विकास र प्रगतिमा जानीजानी गलत आरोप लगाउनु अविवेकी काम हो, प्रवक्ता गेङले भने ।

प्रतिस्पर्धा बजार अर्थतन्त्रको प्रतिस्पर्धाको महत्वपूर्ण विशेषता भएको बताउँदै गेङले अमेरिकालाई बढी बस्तुगत एवम् सहीरूपमा हेर्न र सम्झौताबाट अघि बढ्न आग्रह गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!