उत्तरी अफगानिस्तानमा १० जना लडाकू मारिए

SHARE:

मजार–ए–सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ । शुक्रबार शुरु भएको सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनः मुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए ।

लडाकू विमान सहित गरिएको उक्त सैनिक कारबाही लडाकूहरु पूर्ण रुपमा परास्त नहुँदासम्म जारी रहने बताइएको छ । तर रेजाइले सुरक्षा फौजतर्फ भएको क्षतिबारे केही बताउनुभएको छैन । तालिबानले सरकारी फौजको कारबाहीका बारेमा केही बताएको छैन । तालिबान र सरकारी फौजले गत नोभेम्बरमा कतारमा तालिबान र अमेरिकी प्रतिनिधिहरुबीच वार्ता शुरु भएपछि एकअर्का विरुद्धको कारबाहीमा अझ तिब्रता आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!