भूमिदानस्वरुप तमुधिं युकेद्वारा साढे ११ लाख सहयोग

SHARE:

हुम तमु
पोखरा । धर्मकाया बुद्ध मण्डला निर्माणका लागि भुमिदान सहयोग गरेका तमु धिं युके लगायत विभिन्न देशबाट नेपाल आएका दाताहरुलाई धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले आइतबार कांहुडाँडामा स्वागत सम्मान गरेको छ ।

तमु जातिको ऐतिहासिकस्थल क्होला सोंथर अध्ययन भ्रमण सम्पन्न गरी पोखरा आइपुगेको तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङसहितका सहयोगदाताहरुलाई बुद्ध मण्डला समितिकी अध्यक्ष रुद्रकुमारी तमु मैना र कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले माला लगाएर स्वागत सम्मान गरेका हुन् ।

प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ समृद्ध पोखरा तथा ४ नम्बर निर्माणमा सघाउन पुर्याउने काँहुडाडाको धर्मकाया बुद्ध मण्डला निर्माण योजना लुम्बिनी र पोखरा जोड्ने स्वर्ण मार्ग बन्ने बताए । बुद्ध सर्किटसँग पोखरालाई जोड्दै मुक्तिनाथसम्मको धार्मिक पर्यटन प्रवद्र्धनका लागि बुद्ध मण्डला माध्यम बन्ने भएकाले प्रदेश सरकारले पहिलो बजेटमै मण्डलालाई प्राथमिकतामा राख्ने बताए । उनले भने, हामी नीतिगत तयारीमा छौं, प्रदेश सरकारले मण्डला निर्माणका लागि सहयोग गर्नेछौं । स्रोत साधनले भ्याएसम्म मण्डलासँगै पूर्वाधार निर्माणमा प्रदेश सरकारको साथ रहने मन्त्री गुरुङले बताए । क्होला सोंथर अध्ययन भ्रमण सम्पन्न गरेको तमु धिं युकेलाई सिक्लेसदेखि नै आफुले पछ्याइरहेको बताउँदै मन्त्री गुरुङले तमु धिं युकेको क्रियाकलाप र योगदानको प्रसंसा गरे ।

तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङले देश निर्माणका लागि सकारात्मक सोंचले अघि बढ्नुपर्दछ भन्दै बुद्ध मण्डला निर्माणका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । पोखरा, ४ नं. प्रदेश मात्रै होइन नेपालको समृद्धिका लागि आफुहरुले विदेशी भुमि रहे पनि सधै सहयोग गर्न तयार रहेको बताए ।

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सल्लाहकार अशोक पालिखेले बुद्ध मण्डला निर्माणको अवधारणा, भईरहेको गतिविधी र यसको उद्धेश्य तथा प्रभावका बारेमा जानकारी दिएका थिए ।

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रमका सचिव राजबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

धर्मकाया बुद्ध मण्डला निर्माणस्थल काँहुडाडामा आयोजित उक्त कार्यक्रमका मण्डला निर्माणका लागि भुमिदान स्वरुप ११ लाख ४९ हजार १११ रुपैया समितिकी अध्यक्ष गुरुङलाई हस्तान्तरण गरिएको थियो।

भुमिदान स्वरुप तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र आमा समिति अध्यक्ष प्रेमा गुरुङले १ लाख ५० हजार, अमेरिका क्यालिफोर्नियाकी तारा गुरुङ १ लाख ५० हजार रुपैया, तमु धिं युकेका सल्लाहकार हरि गुरुङ/सन्ध्या गुरुङ १ लाख ११ हजार १११ रुपैया, पोखरा १० अमरसिंहका क्या.तासबहादुर गुरुङ/दिलकुमारी गुरुङले १ लाख ५ हजार, तमु धिं युकेका उपाध्यक्ष नन्दजंग/जगतमाया गुरुङले १ लाख १ हजार, अर्का उपाध्यक्ष हितकाजी गुरुङ/सिता गुरुङले १ लाख १ हजार, निर्वतमान अध्यक्ष रामचन्द्र सुर्य गुरुङ/पवित्रा गुरुङले १ लाख १ हजार, पुर्व अध्यक्ष मुक्षेत्र/बिमला गुरुङले १ लाख, सल्लाहकार ओमेन्द्र/अगम गुरुङले १ लाख, कार्यसमिति सदस्य श्रीप्रसाद/रिबनमाया गुरुङले १ लाख, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ/प्रेमा गुरुङले ५० हजार, कार्यसमिति सदस्य डा.नर्मजंग गुरुङ/संगीता गुरुङले ५० हजार, वरिष्ट फोटो पत्रकार मिलन गुरुङ/बिमला गुरुङले ५० हजार, प्लम्स्टीड निवासी मोहनबाबु गुरुङले ३० हजार रुपैया भुमिदान स्वरुप सहयोग गरेका हुन् l

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!