१९९३ इन्टेकको रजत जयन्ती

SHARE:

लन्डन । १९९३ इन्टेकले २५ औं वर्ष पुगेको सुअवसरमा रजत जयन्ती मनाएको छ ।

गत १४ अप्रिल २०१८ शनिबारका दिन स्यान्डसटको सैनिक परिसरभित्र भव्य रुपमा रजत जयन्ती मनाइएको हो । अघिल्ला वर्षहरुमा भेटघाट कार्यक्रम आयोजना गरिए पनि यसवर्ष भने रजती जयन्ती परेकोले कार्यक्रममा छुट्टै किसिमले महल सजाइएको थियो ।

२५ औं वर्षअघि सँगै भर्ती भएका साथी (नम्बरी र नम्बर्नी)हरु भेटघाट हुन पाउँदा सबैजना बितेका दिनहरुको भलकुसारीकाका क्रममा प्रफुल्ल थिए । दिउँसो ४ बजेबाट सुरु भएको कार्यक्रममा लगभग २०० जना जोडीहरुको सहभागिता भएको थियो । कार्यक्रमको पहिलो चरणमा सामूहिक फोटो र खाजाभुजाको ब्यवस्था गरिएको थियो ।

दोस्रो चरणमा ७ वटा युनिटको युनिट स्पिकर सेकेन्ड जीआर (Maj Gyan Bahadur Dhenga, 6GR- WO2 Yambahadur Gurung, 7GR – Capt Dilli Kumar Rai (MVO), 10GR -Capt Lila ram Rai, QGE – WO2 Prakash Rai, QGS – Capt. Rup Kumar Gurung, QOGTR – Capt Deny Gurung हरुले बितेका दिनहरुको सम्झना गराएका थिए । सबै नम्बरीहरुको सम्झना र अनुपस्थित भएका नम्बरीहरुको सम्झना गर्दै १९९३ इन्टेकको केक पनि काटेको थियो ।

सबै नम्बरीहरु साँझको सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको लागि रेड कार्पेटमा आआफ्ना जोडीको साथ प्रवेश गरेका थिए । रात्रिभोजको कार्यक्रममा कलाकार भाइबहिनीहरुले गीत तथा नाचहरु प्रस्तुत गरेका थिए । एकापसमा रमाइलो गर्न राफल ड्र पनि आयोजना गरिएको थियो । निम्बर्नी सुमी राईले पनि आफ्नै एल्बमको गीत प्रस्तुत गरेकी थिइन् ।
सो कार्यक्रमलाई आयोजना गर्न अध्यक्ष गणेश लिम्बू उपाध्यक्ष कुलचन्द्र गुरुङ, सचिव वीरेन्द्रकुमार पुन, कोषाध्यक्ष देवबहादुर गुरुङ सहकोषाध्यक्ष दलबहादुरले विशेष भूमिका खेलेका थिए ।

अन्तमा इन्टेक १९९३ को कार्यसमिति अध्यक्ष्य गणेश लिम्बूले सबै जनालाई धन्यवाद दिएका थिए भने Capt Dilli Kumar Rai (MVO), WO2 Jai Bahadur Dura, Mr Dillip Rai (DJ) प्रति आभार व्यक्त गरे । सचिव वीरेन्द्रकुमार पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!