रेल र टनेल विकासमा सहयोग गर्न बेलायतका नेपाली इन्जिनियरहरु तयार

SHARE:

दिनेशकुमार परियार

लन्डन । बेलायतमा कार्यरत नेपाली मूलका इन्जिनियरहरुले विकसित देशमा भएको प्रविधिको प्रयोगबाट नेपालको विकासमा सहयोग हुनेमा जोड दिएका छन् ।

 

शनिबार सोसाईटी अफ नेपालिज् ईन्जिनियर्स ईन युकेले लन्डनको नर्थ वेम्बलीमा आयोजना गरेको नेपालको विकासमा मौलिक प्रविधि र अभ्यास विषयक सम्मेलनका कार्यपत्र प्रस्तोताहरुको सो कुरामा जोड दिएका हुन् । उनीहरुले नेपालमा पूर्व–पश्चिम रेल, मेट्रो रेल र अन्य संरचनाहरु बनाउन आफ्ने सीप र दक्षता प्रदान गर्न तयार भएको पनि बताए ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले बेलायतमा नेपालसम्बन्धी नयाँ प्रविधिका बारेमा भएका अध्ययन अनुसन्धानलाई दूतावासले सम्बन्धित निकायमा पुर्‍याउने आश्वासन दिए ।

इन्जिनियर राजेश पाठकले सम्मेलनमा लन्डनको रेलवे नेटवर्क, इन्जिनियर डा. विनोदलाल अमात्यले काठमाडौंमा अन्डरग्राउन्ड मोटरे रेल, टनेल र ईन्जिनियर नारद भण्डारीले रेल्वे संरचनाको परियोजना समेटिएको कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

यसैगरी ईन्जिनियर कृष्णकिशोर श्रेष्ठले दोधारा र चाँदनीको पुलको रेखांकन, घनश्याम शर्मा पौड्यालले मायादेवी मन्दिरको उदाहरणसहित संरचनागत परिवर्तन र रामहरि पौड्यालले नेपालको ईनर्जी क्राईसिसबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

घनश्याम शर्मा पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको वीरेन्द्र श्रेष्ठले संयोजन गरेका थिए भने शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!