सगरमाथा गोर्खा नेपाली समाज अस्फोर्ड केन्टले नयाँ वर्ष मनायो

SHARE:

छत्र वनेम
लन्डन । सदाझैं सगरमाथा गोर्खा नेपाली समाज अस्फोर्ड केन्टले भव्यताका साथ नेपाली नयाँ वर्ष मनाएको छ ।

अस्फोर्डस्थित साइमान चर्च हलमा अप्रिल १४ तारिख शनिबारका दिन नेपाली नयाँ वर्ष कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमस्थलको सुरक्षासम्बन्धी जानकारी उपाध्यक्ष डम्बर सिंगकले गराएपछि प्रारम्भ भएको कार्यक्रमा संस्थाका सल्लहकारहरु भास्कर तितुङ, सिरीप्रसाद लिम्बू, सिरीप्रसाद तेम्बे, पोपीराज राई, नरेन्द्र लिम्बू, गोम्बा शेर्पा, किशोर गुरुङ, धन कनवर, पशुपति भण्डारी, गणेश लिम्बू, महिला कमिटीका सल्लाहकारहरु राजदेवी गुरुङ, जानुका पुन, चन्द्रावती राई, दुर्गा पाङ्मा, युथ कमिटीका सल्लाहकार सन्दीप गुरुङ थिए ।

अन्य अतिथिहरुमा तुल छन्त्याल (जनजाति महासंघका निवर्तमान अध्यक्ष), झक छन्त्याल (छन्त्याल समाज), धन रोघु (याख्खा छुम्मा ), फुर्बा शेर्पा (केन्ट बुद्धिस्ट कम्युनिटीका अध्यक्ष), साना शेर्पा (शेर्पा समाज युके), भीम तुम्बाहम्फे (गोर्खा पिस फाउन्डेसन), बलराम गुरुङ (केन्ट गुरुङ समाज), डा. बत्स्याल विलियम हार्वे हस्पिटल, सन्तोष थलङ (गोर्खा सत्याग्रह आन्दोलनका अभियन्ता), विश्वासदीप तिगेला (विश्व नेपाली साहित्य महासंघ अध्यक्ष), पवित्रमान शाक्य
(इन्जिनियर), रमेश साराङ्कोटी (अस्तर मोर्गेज एड्वैजर), सूर्य गुरुङ (पिपल मर्गेज), शारस गुरुङ (गोर्खा मर्गेज), जानुका राई (विश्व साहित्य महासंघ) लगायत संघ संस्थाका प्रतिनिधि तथा केन्टवासीहरुको बाक्लो उपस्थिति थियो ।

नयाँ वर्ष २०७५ को शुभकामना तथा कार्यक्रममा उपस्थित सम्पूर्णलाई उपाध्यक्ष कप्रसाद छन्त्यालद्वारा स्वागत मन्तव्य राखी सकेपछि अध्यक्ष चक्रबहादुर राई, महिला कमिटीका अध्यक्ष बसुन्धारा राई, युथ कमिटीका अध्यक्ष दावा वाङ्दी शेर्पा साथै संस्थापक कार्यसमितिका तर्फबाट अध्यक्षहरु क्रमश: मूल कमिटीका अध्यक्ष सिरीप्रसाद लिम्बू, महिला कमिटीका जानुका पुन, युथ कमिटी चिरेन राईले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन साथै नेपालको राष्ट्रिय गानका साथ कार्यक्रमको समुद्घाटन गरेका थिए ।

औपचारिक कार्यक्रम सञ्चालन महासचिव रामप्रसाद लिम्बूले गरेका थिए । संस्थाको औपचारिक कार्यक्रम समापनपश्चात् सुरु भएको मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सञ्चालन भने युथ कमिटीका सचिव शिखर लिम्बू र महिला कमिटीका सचिव बिमला लिम्बूले संयुक्तरुपमा गरेका थिए ।

नाटकलगायत स्थानीय कलाकार नानीहरुको विभिन्न नेपाली गीतहरुमा प्रस्तुत गरिएको नृत्यहरुले हलमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो । स्थानीय गायकद्वय गंगाराज राई र थिर थापाले क्रमश: ‘रुपकी रानीले”, ‘कति राम्रो त्यो तिम्रो बानीले”, ‘सोल्टिनी सोल्टिनी” र ‘पर्ख पर्ख मायालु म पनि त आउँला” जस्ता आआफ्नै रिलिज हुन लागेको एल्बमका गीतहरु गाएर हललाई थप संगीतमय बनाएका थिए ।

ढिलो गरी सुरु भएको भए पनि कार्यक्रमको अन्तमा नेपाली तथा हिन्दी रिमिक्स गीतहरुमा फ्लोरको सामूहिक नृत्य सुरु हुँदा दर्शकहरुले भरिएको सो हल झनै उत्साहजनक र नयाँ वर्षको उमंग थपेको सहभागीहरुले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!