कला ज्योतिद्वारा चित्रकला प्रदर्शनी

SHARE:

एटा सम्वाददाता
अल्डरसट । नेपालको गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ कला ज्योतिले चित्रकला प्रर्दशनीको आयोजना गर्‍यो । गत १७ देखि १९ अप्रील २०१८ सम्म दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी गरिएको हो ।

 

नेपालका विभिन्न विद्यालय, अनाथलय, गुम्बा र संघसंस्थाहरुमा चित्रकला सिक्ने अवसर नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कला सिकाउने उद्देश्यले सो चित्रकला प्रदर्शनी गर्न गरिएको कला ज्योतिले जानकारी दिए ।

नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरणले १७ अप्रील मंगलबारका दिन उद्घाटन गरेर सुरु भएको प्रदर्शनीमा नेपालका बालबालिका र अन्तर्राष्ट्रियस्तरका प्रशिद्ध चित्रकार गार्डन डेविडसनका विभिन्न चित्रहरु प्रदर्शन गरिएको थियो ।

अन्तर्राष्ट्रियस्तरका प्रशिद्ध कलाकार गार्डन डेविडसनको माध्यमबाट रहेका ७ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुलाई चित्रकला सिकाउँदै आएको छ । जुन कला नेपालका सामान्य विद्यालयको पाठ्यक्रममा समावेश छैन । सो च्यारिटीबाट संकलित रकमले पेन्टिङ्ग सामाग्री, रङ्ग र कागजका साथसाथै करिब ६०० जनाभन्दा बढी बालबालिकाहरुलाई प्रशिक्षणमा सहयोग गर्ने छ । त्यसको साथसाथै, १६ वर्षभन्दा बढीका उच्च शिक्षा हासील गर्ने क्षमता भएका विद्यार्थीहरुलाई दुई वर्षसम्म राजधानी काठमाडौंमा उनीहरुको चित्रकला र व्यक्तिगत क्षमतामा समेत सहयोग गर्दै आएको छ ।

आठ वर्षअघि स्थापना भएको कला ज्योतिले नेपालमा विभिन्न च्यारिटीमूलक कामहरु गर्दै आएको छ । आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कला ज्योतिले बेलायतका विभिन्न सहरहरुमा प्रदर्शन गरिने जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!