सृजनशिल नेपाली समाज युकेले दसौं बार्षिकोत्सव मनायो

SHARE:


–एटा सम्वाददाता ।

अल्डरसट । सृजनशिल नेपाली समाज युकेले विविध साँस्कृतिक कार्यक्रमका साथ दसौं बार्षिकोत्सव मनाएको छ । सन् २००७ सालमा स्थापना भएको समाजले गत शनिबार २१ अप्रिल २०१८ का दिन अल्डरसटस्थित कनट स्कुलमा दसौं बार्षिकोत्सव मनाएको हो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले प्रमुख अतिथिको आशनबाट बोल्दै ‘सबैभन्दा पहिला हामी सबै नेपाली हौ’ भन्दै, ‘जुन माटोमा जन्म्यौं, जुन माटोमा उभियौं’ त्यसलाई गौरव गर्नुपर्नेमा जोड दिए । उनले ‘जातियताको कुरा उठाएर हिनता र लाघुतावास गर्ने बेला नभएको’ बताउदै ‘समय धेरै अगाडि बढिसकेको छ, उज्यालो धरै भैसकेको छ’ भन्दै चेतना, एकता, सहिष्णुता र सिर्जनशीलताको आँखाले हेर्नुपर्नेमा जोड दिए । ‘दस बर्ष अघि शेर बहादुर सुनार दाजुले जुन कल्पना गरेर, जुन सिर्जनात्मक सोच राखेर यो संस्थाको नाम सृजनशिल नेपाली समाज राख्नु भएको छ । त्यसले सृजनशिलताको प्रतिनिधित्व मात्र गर्दैन सहिष्णुता, इमान्दिरा, मेहनत, परिश्रम, प्रतिभा र एकताको प्रतिनिधित्व गदर्छ’ भन्दै अग्रज शेरबहादुर सुनारलाई तमाम बेलायतवासी नेपाली समुदाय, नेपाली राजदुत परिवार र नेपाल सरकारको तर्फबाट आदारपूर्वक अभिवादन व्यक्त गरे ।

सो अवसरमा एनआरएनए युकेका उपाध्यक्ष एंव सृजनशिल नेपाली समाज युकेका संस्थापक अध्यक्ष शेर सुनारले सृजनशिल नेपाली समाजको स्थापनाको बारेमा बोल्दै आप्mनो जातिय पहिचानको गर्व गर्नुपर्नेमा जोड दिए । त्यस्तै, ओभरसिज नेपलिज फोरम युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले हिजो जातिय विभेद थियो तर अहिले नभएको बताए भने नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङले नेपाली कांग्रेसले सबै तहमा सबै जातिको सहभागीता हुनुपर्ने आवाज उठाएको स्मरण गर्दै अहिले ४० भन्दा बढी पिछडिएका जातिहरुको संघिय संसदमा सहभागिता रहेको जनाए ।

कार्यक्रममा एनआरएनए युकेका प्रेम गाहा मगर, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, गोर्खा जिल्ला गुरुङ समाजका अध्यक्ष फडकजीत गुरुङ, विश्वकर्मा सेवा समाज युकेका अध्यक्ष थम विश्वकर्मा, समाजका सल्लाहकार श्यामलाल सुनार लगायतले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, रेडियो बिजिडब्लुएसका निर्देशक मेजर सोनाम शेर्पा, एशियन महिला एशोसिएशनकी अध्यक्ष अमिता बेल्वासे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो ।
img src=”https://everesttimes.net/wp-content/uploads/2018/04/4K7A8223.jpg” alt=”” width=”5760″ height=”3840″ class=”aligncenter size-full wp-image-870″ />
कार्यक्रममा संगीता गैरे, प्रमिला तामाङ्ग, तुलसी बिक, सन्तोष बिक, नेत्र सुनार, मञ्जु बिक, कल्पना श्रीपाल, वरिष्ठ संगीतकार बिबी अनुरागीले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए ।

बेलायतमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा समाजका अध्यक्ष धन बहादुर सार्कीले प्रमुख अतिथि डा. सुवेदी लगायत अतिथिहरु, संस्थापक अध्यक्ष, कार्यसमिति, सल्लाहकार, कलाकार, पत्रकार र सहभागी सबैमा उपस्थितिका लागि हार्दिक धन्यवाद दिए ।
< समाजका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थापक महासचिव बिकास रनपैलीले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष राजकुमार सुनार र लिसा सुनारले सांस्कृतिक कार्यक्रमको संचालन गरेका थिए । त्यस्तै, सुमन गौतमले म्युजिक, कोषाध्यक्ष बिक्रम बिक, दिल नेपाली र पुष्पा सुनार प्रवेशद्वारमा बिशेष भूमिका निभाएका थिए । त्यस्तै, श्रृजना शाही, गंगा रोका, पूर्वअध्यक्ष कुमार घले, मनिराज लकन्द्री, सुकबहादुर सुनार र गोपाल सार्कीले पाहुनाहरुको स्वागतमा जुटेका थिए । त्यस्तै सल्लाहकार खिम सदाशंकर सीट प्लानमा जुटेका थिए भने भेटघाट गोर्खा रेष्टुरेण्टका सुरेश गैरेले खाना व्यवस्थापन गरेका थिए । हाल व्यवस्थापनमा सल्लाहकार भक्त दर्जि, सल्लाहकार हिरा कामी, मिलन विश्वकर्मा, झलक परियार, सागर सुनार, अमर सदाशंकर र प्रेम मगरले बिशेष भूमिका खेलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!