गायिका सुनितामी र गायक मदन बेलायत जाँदै

SHARE:

काठमाडौं । लोकप्रिय गायिका सुनितामी परियार र गायक मदनकुमार नेपाली लन्डन जाने भएका छन् । नयाँ वर्ष २०७६ को अवसरमा ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले अल्डरसटस्थित एम्पायर हलमा अप्रिल १३ तारिखमा आयोजना गर्ने कार्यक्रमका लागि कलाकारद्वय परियार र नेपाली बेलायत जान लागेका हुन् । गायिका सुनितामी परियारले गायक मदन नेपालीसहित यही अप्रिल ९ तारिखमा नेपालबाट लन्डन प्रस्थान गर्ने एभरेस्ट टाइम्ससँग भनिन् । अल्डरसटको कार्यक्रम साँझ ६ देखि राति ११ बजेसम्म तय गरिएको छ ।

गायिका परियार र गायक नेपालीलाई बेलायत भित्र्याउन सिर्जनशील नेपाली समाज यूकेका अध्यक्ष तथा जीआरएनसीका सदस्य भक्त दर्जीले संयोजनको भूमिका खेलेका छन् । युरोप, खाडीका अधिकांश मुलुक घुमिसकेका परियारले पहिलोपटक बेलायतको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले आयोजक जीआरएनसीलाई धन्यवाद दिँदै १३ अप्रिलको कार्यक्रममा सहभागी भइदिन बेलायतवासी नेपालीलाई अपिल गरेकी छन् ।

झन्डै दुई हप्ता बेलायत बस्ने तयारीमा रहेकी परियारले अल्डरसटका अलावा स्कटल्यान्डलगायत ठाउँमा आयोजना हुने कार्यक्रममा भाग लिनेछिन् ।

सन् २०१३ मा स्थापना भएको जीआरएनसी यूकेले प्रत्येक वर्ष नेपाली नयाँ वर्षलाई विविध सांस्कृतिक कार्यक्रमसहित स्वागत गर्दै आएको छ । यस पटकको कार्यक्रमका लागि महासचिव मान गुरुङको संयोजकत्वमा आयोजक समिति गठन गरेर तयारी गरिएको छ । नयाँ वर्षको कार्यक्रमलाई भाषण र आशनभन्दा पनि बढी मनोरञ्जनमूलक बनाउने योजना रहेको महासचिव गुरुङले बताए ।

कार्यक्रममा नेपाली चर्चित कलाकारको अवाला स्थानीय नयाँ पुस्ताका कलाकारहरुको पनि प्रस्तुति रहने छ । उनीहरुलाई नृत्य प्रशिक्षक प्रभु गुरुङ र सुवास गुरुङले नृत्य प्रशिक्षण गराइरहेका छन् । कार्यक्रममा नेपाली गीत, संगीत सँगसँगै नौमती बाजाको समेत प्रस्तुति रहनेछ । यसपटक युवाहरुको ढुकढुकी जय अथर आबद्ध रहेको युथ व्याण्डले समेत प्रस्तुति दिने सम्भावना छ ।

जीआरएनएसीले रसमुरबाहेक सरी र फ्लिटमा बस्ने नेपालीहरुलाई समेत समेट्दै आएको छ । महासचिव गुरुङले नेपाली नयाँ वर्ष २०७६ साललाई स्वागत गर्नका लागि १३ अप्रिल साँझ एम्पायर हलमा उपस्थित भइदिन नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!