छातीमा समस्या देखिएपछि तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना

SHARE:

नयाँ दिल्ली । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन् । उनको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बतएका छन् ।

उनलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताएका छन् । ८३ वर्षीय दलाई लामालाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो ।

दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व समेत हुन् । –एएफपी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!