सुशान्त गाहा मगर
पोखरा । कास्कीको पर्यटकीय ल्वाङ गाउँमा सम्पन्न २८ औँ चैते दसैं मेला २०७५ मा गाँउ स्तरिय पुरुष भलिबलको उपाधि अन्नपूर्ण युवा क्लब घान्द्रुक र महिलाको उपाधि पोखरा युनाइटेडले जितेको छ ।
ल्वाङको ग्रिन हिल क्लवद्धारा आयोजित मेला अन्र्तगत बुधबार शहिद हरि प्रसाद गुरुङ स्मृति खेल मैदानमा सम्पन्न फाईनल खेलमा जुरे भुमी युुवा क्लब तप्राङलाई २५–२०, २५–२१ र २५–२३ को सोझो सेटले पाखा लगाउदै घान्द्रुकले पाधि जितेको हो । कुल २८ टिमलाई पछि पार्दै उपाधि जितेको घान्द्रुकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गर्यो भने उपाबिजेता टिम तप्राङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजारमा चित्त बुझायो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा अन्नुपुर्ण युवा क्लबका अनिल घमाल घोषित भए । त्यसैगरी उत्कृष्ट सेटरका रुपमा अनिश गुरुङ, उत्कृष्ट क्वीकरको रुपमा सोही क्लबकै आकाश घमाल, उत्कृष्ट ब्लकरको रुपमा तप्राङका सन्तोष देवकोटा र उत्कृष्ट स्पाईकरको रुपमा सोही टिमकै मिलन सेवा घोषित हुदै आकर्षक ट्रफिको हकदार बने ।

त्यसैगरी महिला तर्फ सिरुपाते गाईज घान्द्रुकलाई १६–२५, २५–१८, २५–२० र २५–१६ को सेटले पराजित गर्दै युनाईटेड पोखरा बिजयी बन्यो । बिजयी टिम युनाईटेड पोखराले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २६ हजार हात पार्यो । त्यस्तै उपबिजेता टिम घान्द्रुकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १६ हजार प्राप्त गर्यो ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा युनाईटेड पोखराका सस्मिता पुन घोषित भए । त्यसैगरी उत्कृष्ट स्पाईकरको रुपमा सोही टिमकै सृजना पुन, उत्कृष्ट सेटर निरु पुन र उत्कृष्ट डिफेण्डरको रुपमा सिरुपाते गाईजका ममता पाईजा घोषित हुदै ट्रफि प्राप्त गरे । गत २३ गते देखी सञ्चालनमा रहेको मेलामा मेच घुमाई, बेलुन फुटाई, तथा मकै गन्ने लगायतका प्रतियोगिताहरु समेत समाबेश गरिएको थियो ।
बिभिन्न प्रतियोगितको बिजेता तथा उपबिजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, क्लबका अध्यक्ष दिपक गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक समाजसेवी हितकाजी गुरुङ, एभरेष्ट टाइम्स अनलाईन युकेका सबिन्द्रकुमार गुरुङ, फोनिज प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।






