अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु,१६ जना घाइते

SHARE:

काठमाडौं । दक्षिण अफ्रिकामा एउटा चर्च भत्कँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो ।

अत्यधिक वर्षाका कारण जीर्ण भएको चर्च भत्केको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

चर्च भत्कनेबित्तिकै प्रार्थना गरिरहेकाहरुबीच भागदौड मच्चिएको थियो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दक्षिण अफ्रिकी सरकारले चर्च भत्केर मृत्यु भएकाका परिवारजनलाई राहत दिने जनाएको छ । (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!