लन्डनमा नेपाली नयाँ वर्ष मनाइयो

SHARE:

 एटा संवाददाता
लन्डन । लन्डन मेट्रोपोलिटनअन्तर्गत सटन बरोमा नेपाली नयाँ वर्षलाई विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको भ्बचथि थ्भबचक भ्मगअबतष्यल क्यअष्भतथ ९भ्थ्भ्क्(ग्प्०ले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विज्ञप्तिअनुसार, बहुसांस्कृतिक र भाषिक विविधताको धनी सहर सटन दक्षिण र पूर्वीय एशियाका हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षलाई औपचारिकरुपमा सांस्कृतिक पर्वको मान्यता दिने लन्डन महानगरपालिकाको पहिलो बरो (वडा) भएको छ । सटनमा बसोबास गर्ने नेपाली, तमिल तथा भारतीय मुलका समुदायले बरोको सो निर्णय स्वागत गर्दै गत आइतबार १४ अप्रिलका दिन स्थानीय स्टान्ली पार्क हाईस्कुलको अडिटोरियम हलमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाइएको हो ।

स्थानीय काउन्सिलर परम नन्दाको विशेष प्रस्तावलाई सटन बरोको पूर्ण बैठकले विभिन्न सांस्कृतिक तथा धर्मावलम्बीहरूको मूख्य चाड पर्वहरूलाई प्रवद्र्धन गर्ने निर्णय गत जनवरीमा पारित गरेको थियो ।

काउन्सिलको सो निर्णयसँगै हरेक वर्ष सटनको विद्यालयहरुले हिन्दू र वौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षबारे पाठ्यक्रम समावेश गर्नुपर्नेछ । कार्यक्रममा नेपाली, भारतीय तथा श्रीलङ्काली समुदायहरुले आ–आफ्नो भाषा र संस्कृति झल्किने नृत्यहरु, गीत तथा संगीतहरू प्रस्तुत गरेका थिए ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै विगत २ वर्षदेखि नेपाली भाषा र संस्कृतिको संरक्षण र बेलायतमा जन्मी हुर्किरहेका पहिलो पुस्ताका नेपाली बालबालिकाहरुको लागि भ्थ्भ्क्(ग्प् द्वारा सञ्चालित प्रारम्भ पाठशालामा अध्ययनरत विद्यार्थीहरुले नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए । लन्डनमा बसोबास र कार्यथलो बनाएका नेपाली समुदाय तथा आफ्ना नातिनातिनीहरु भेट्न आएका हजुरबा र हजुरआमाहरुको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा जब “डाँफे झै नाँच्ने, हिमालझंै हाँस्ने नेपालकी छोरी हुँ म” भन्ने बोलमा हातमा नेपालको झन्डा लिँदै गुन्यूचोलो र पाउजु लगाएर प्रिसा, शयलि, निसिथा र इभा मन्चमा नाचेँ, दर्शकदीर्घामा रहेका नेपालीमात्र हैन, कार्यक्रमको अतिथिको रुपमा उपस्थित सटनका मेयर स्टिब कुक, बेलायती सांसदहरु टोम ब्रेईक र पौम स्कलिले बढो अभिरुचि साथ नृत्यबाट मनोरञ्जन लिइरहेका थिए । अमिस, प्रत्युष, सिड र श्रीसले ‘गाउँको टिठो म, कान्छा मेरो नाम, आउँदै जाँदै गर्नु है सबलाई रामराम’ बोलको गीतमा आफ्नो नृत्यकला पस्केका थिए । गुरुङको पोसाकमा सजिएकी सिल्भिया र दौरा सुरुवाल लगाएर उद्घोषकको भूमिका निर्वाह गरेका प्रतिकले प्रारम्भ पाठशालामा नेपाली भाषा सिक्दाको आफ्नो अनुभव र नेपाली संस्कृतिबारे सगौरव जानकारी दिएका थिए ।

पानसमा बत्ति बालेर सुरु भएको कार्यक्रममा भारतीय समुदायका बालबालिकाहरुले संस्कृतिमा मन्त्रवाचन, तमिल बालबालिकाहरुको समूहले शास्त्रीय संगीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको केन्द्रबिन्दु भने विनोद चिपालुको ‘लाखे नाँच’ बन्न पुग्यो । जब लाखें नाँचको बाजा बज्यो र लाखे वल ‘लाखे आयो’ भन्दै गर्दा राक्षसको मुकुण्डो लगाएर विनोद स्टेजमा नाच्दै पुगें, दर्शकहरु आफ्नो मोबाईलमा लाखे नृत्यलाई कैद गर्न व्यस्त देखिन्थे । कार्यक्रममा पाएको सकारात्मक प्रतिक्रियाले हामीलाई नेपाल भ्रमण वर्ष २०२० सफल पार्न र नेपालीको सांस्कृतिक विविधताको पहिचान दिन आगामी दिनहरुमा नेपालका पर्यटकीय स्थानहरु, साहसिक खेलहरुबारे जानकारीमूलक तथा नेपालको सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक कार्यक्रम गरेर स्थानीय समुदायलाई नेपालको भ्रमणको निम्तो दिन प्रारम्भ पाठशालाले विविध कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी प्रारम्भ पाठशालाका प्रमुख शिक्षक तथा आइज यूकेका अध्यक्ष पूर्णकुमार श्रेष्ठले दिए । साथै, विज्ञप्तिको अन्त्यमा विस्तृत जानकारीको लागि भ्थ्भ्क्( ग्प् का सञ्चार संयोजक सुलभ पन्तलाई भथभकगपद्दण्ज्ञठ२नmबष्।िअयm मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!