एटा संवाददाता
लण्डन । म्याग्दी अर्गनाइजेसन (मोना) युकेले विविध कार्यक्रमका साथ नयाँ वर्ष २०७६ मनाएको छ । गत २७ अप्रिल २०१९ का साँझ फार्नबोरोस्थित सामुयल कोडी कलेजमा शुभकामना साँझको आयोजना गरी मनाइएको हो ।
धौलागिरी नौमति बाजाद्वारा प्रमुख अतिथि रस्मुर बरो काउन्सिल लिडर डेविड क्लिफोर्ड, बिशेष अतिथि एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी, म्याग्दीका भू पु माननीय नर बहादुर पुन र मोना आइईसीका महाचिव मिम पुर्जा लगायत अतिथिहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा मोना आईईसीका निबर्तमान महासचिब घनश्याम शाही बेल्जिमबाट आएका थिए भने मोना स्पेनका कुमार राम्जालीको बिशेष उपस्थिति रहेको थियो ।
नयाँ बर्ष २०७६ सालको शुभकामना आदानप्रदान गरिएको सो कार्यक्रममा साहारा युकेका अध्यक्ष कुमार गुरुङ, मगर संघ यु केका ले.रि. सुनिल राना, मगर संघ युकेका संरक्षक, सिर्जनशिल नेपाली समाज युकेका भक्त दर्जि, पर्बत वेलफेयर सोसाईटी युकेका अध्यक्ष नेत्र आले, बाग्लुङ समाज युकेकी अध्यक्ष छविमानया पुन, तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ, गुल्मी , गोर्खाली समाज युकेका अध्यक्ष, ग्रेटर रसमुर कम्युनिटी सेन्टरका अध्यक्ष जीब बेल्वासे, नेपाल ईन्जिनियर सोसाइटी युकेका अध्यक्ष तेजेन्द्र रोका, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी, आर्चरी क्लवका अध्यक्ष पदम बुढा, मगर आर्चरी अध्यक्ष, कलर सार्जेन्ट दिप प्रसाद पुन सीजिसी लगायत मोना युकेका विशिष्ट सदस्यहरुलाई मुख्य प्रवेशद्वारमा स्वागत गरिएको थियो ।
कार्यक्रममा संस्थाका बिष्णु भण्डारीले हेल्थ एण्ड सेफ्टीको जानकारी दिए पछि लगतै औपचारिक कार्यक्रम मोना युकेका महासचिव लालबहादुर पुनले शुरु गरेका थिए । कार्यक्रम संयोजक एवं मोना उपाध्यक्ष कुमार फगामीले स्वागत मन्तब्य राखे पश्चात र शुभकामना साँझको औपचारिक कार्यक्रमको मोना युकेका अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि, अतिथि ग्रहण र संस्थाका विशिष्ट सदस्यहरुबाट जन्म थलो मुताबिक दिप प्रज्ज्वलन र कर्म थलो अनुसार रिबन काटेर उद्घाटन गरिएको थियो ।
मोना युकेका पूर्व अध्यक्षहरु, ट्रष्टी संस्थाका सल्लाहकार, म्याग्दीका विभिन्न गाउँ समाज रहेका अध्यक्ष १६ समाजका सबै अध्यक्षहरुको समेत बिशेष उपस्थिति रहेको कार्यक्रममा म्याग्देली तथा गैर म्याग्देलीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मोना आईईसि र अन्य देशबाट आमान्त्रित मोनाका पाहुनाहरुलाई मायाको चिनो सहित खादाले स्वागत गरिएको थियो । त्यस्तै, विभिन्न बिषयमा विश्वविद्यालयबाट पिएचडी, डाक्टर, मास्टर, ग्रेजुशियशन गरेका विद्यार्थीहरुलाई बधाईको साथ खादा र प्रमाणपत्रले सम्मान गरियो । त्यस्तै, कार्यक्रम डिस्कभर युअर गिफ्ट दिनेश रोकाको संयोजन, बेगका नखु पुर्जा र तारा पुर्जाको शब्दलयमा बनेको बेगको गाउँ एल्बमको बिमोचन गरिएको थियो । मोना युकेमा भर्खरै मात्र नवनिर्वाचित ७ ट्रष्टी , १३ सल्लाहकारहरुलाई उच्च सम्मान सहित हार्दिक बधाई र शुभकामना दिए ।
सो शुभकामना साँझमा प्रमुख अतिथि काउन्सिलर डेविड, बिशेष अतिथि एनआरएनए युके अध्यक्ष योग कुमार फगामी, मोना आईईसी महासचिव मिम पुर्जा र एनआरएनए उपाध्यक्ष प्रेम गाहा मगरले मन्तब्य राखेका थिए ।
मोना युकेका अध्यक्ष जुग्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्कृति सचिव गंगा पुर्जा, सस्कृति सहसचिब नुनु थापा, जानकी पुन र दिनेश रोका लगायतले संचालन गरेका थिए । कार्यक्रममा म्याग्दीका टिपिकल सोरठी, थाली नाच सहित नेपालका चर्चित कलाकारहरु कुमार पुन, कुमारी चेपाङ्ग र पप गायिका निखिता थापा साथै स्थानिय कलाकार रत्न शाही र टिमबाट सामुहिक गीत र कक्टेल प्रस्तुतबाट भरपूर्ण मनोरंजन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा मोनाका अध्यक्ष दल जुग्जालीले समापन भाषण गर्दै धौलागिरी नौमति बाजा, पुख्र्यौली नाच, पत्रकारहरु, आमन्त्रित अतिथि कलाकारहरु, स्थानीय कलाकारहरु, देशविदेशबाट आमन्त्रित अतिथिहरु, व्यवस्थापन समितिका संयोजक चित्र बुढाका समूहहरु, आर्थिक व्यवस्थापन समूहका संयोजक पदम गर्बुजा, आमा समूह लगायत सबै महानुभावहरुलाई हार्दिक धन्यवाद दिएका थिए ।






