प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सहमत

SHARE:

गाजा सिटी । प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ । सो युद्धविरामको शर्तमा गाजातर्फबाट रकेट आक्रमण र इजरायलतर्फबाट हवाई आक्रमण रोकिनु पर्ने गाजामा रहेका एएफपीमा समाचारदाताले बताएका छन् ।

इजिप्टको नेतृत्वमा भएको यस युद्धविराम सम्झौता स्थानीय समयअनुसार सोमबार बिहान साढे ४ बजेबाट लागू हुने भनिएको छ । इजरायल र प्यालेस्टाइनबीच भएका सन् २०१४ पछिका द्वन्द्वहरुमा हाल जारी यो हिंसा नै भीषण रुपमा देखिएपछि युद्धविराम सम्झौता भएको बताइएको छ । इजरायल र प्यालेस्टाइनबीच दुई दिनसम्म जारी यस हिंसामा कम्तीमा २३ प्यालेस्टिनी मारिएका छन् । हवाई आक्रमणको क्रममा मारिएका ती प्यालेस्टाइनीहरुमा नौ जना आतंककारी रहेका बताइएको छ । त्यसगरी इजरायलतर्फ पनि कम्तीमा चार व्यक्ति मारिएका र तीमध्ये तीन इजरायली रहेका थिए

इजरायलले दुई दिनसम्म जारी राखेको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनी प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले दाबी गरेका थिए । प्यालेस्टाइनी आतंककारी समूहले गाजातर्फबाट ४३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले दाबी रहेको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजापट्टिका आतंककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!