कियाचुले सिसेक्पा तङ्नाम आउँदो जुलाईमा

SHARE:

नगेन्द्रराज नेम्वाङ
फेल्थाम । किरात लिम्बुहरुको महान पर्व सिसेक्पा तङ्गनाम आगामी जुलाई १३ का दिन मनाउने भएको छ । गत आइतबार १९ मे का दिन सम्पन्न किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेको नियमित बैठकले सो मिति तय गरेको हो ।

बैठकमा गत महिना खेलाइएको १२ औं यलम्बरहाङ्ग कप फुटबल प्रतियोगिताको समीक्षा पनि गरिएको थियो । बैठकमा सहकोषाध्यक्ष दिपेन्द्र याक्सोले यलम्बरहाङ्ग कपको आर्थिक आय–व्यय प्रस्तुत् गरेका थिए भने यलम्बर हाङ्ग कप संयोजक उपाध्यक्ष नरबिर आङ्गबोले बैठक संचालन गरेका थिए । बैठकमा कियाचुका सल्लाहकार एवं यलम्बरहाङ्ग कपका संस्थापक अध्यक्ष क्या.रि. बम लिम्बुलगायतले यलम्बर हाङ्ग कपको कमिकमजोरीलाई औल्याउदै आउने दिनहरुमा सुधार गर्नुपर्ने सल्लाह र सुझाव दिएका थिए । त्यस्तै, आय–व्ययको बारेमा समेत व्यापक रुपमा छलफल गरिएको थियो । सिसेक्पा तङ्गनामलाई सफल पार्नका लागि उपाध्यक्ष विमला सेनेले तङ्गनामको कार्ययोजना प्रस्तुत् गरेका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङ्गले ट्राफिक प्लान, उपाध्यक्ष नरबिर आङ्बोले फुड स्टल तथा व्यापार व्यवसाय व्यवस्थापन र उपाध्यक्ष छत्र वनेमले ‘मिक्फुला लाजे इङघङ’ पत्रिका प्रकाशन योजना बारेमा विस्तृत जानकारी दिएका थिए । त्यस्तै, बैठकले विभिन्न शाखा अध्यक्षहरुलाई प्रवेशद्वार, स्टेज, फेन्सीङ्ग लगायत विभिन्न कामहरुको जिम्मा दिइएको छ ।

बैठकमा सल्लाहकारहरु नरकुमारी लिम्बु, क्याप्टेन रिटायर्ड बम लिम्बु र लेप्टिनेन्ट रिटायर्ड श्री लिम्बुको बिशेष उपस्थिति रहेको थियो । त्यस्तै, सहकोषाध्यक्ष दिपेन्द्र याक्सोले चुम्लुङदेन जग्गा खरीदमा सहयोग गर्ने सहयोगदाताहरुको नामावली प्रस्तुत् गर्दै आगामी मिम्फुला लाजेमा सबैको नाम सार्वजनिक गरिने बताए ।

कियाचु अध्यक्ष तिलबिक्रम सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ्गले हेल्थ एण्ड सेफ्टी सजग गराउदै स्वागत मन्तब्य राखेका थिए भने महासचिव गणेश ईजमले बैठक संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!