मलेसियाका पूर्वराजा अहमद शाहको निधन

SHARE:

मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पाहाङ राज्यबाट उनी केन्द्रीय राजा बनेका हुन् । पाहाङ राज्यको भने उहाँ पाँचौँ राजा थिए ।

देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उहाँको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

सन् १९३० मा जन्मनु भएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बनेका थिए । मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!