विश्व शान्ति तथा मानव कल्याणका लागि पूजा

SHARE:

नगेन्द्रराज नेम्वाङ्ग
बेलायत, स्वीन्डन । विश्व शान्ति तथा मानव कल्याणका लागि किरात धर्मवालम्बीहरुले गाली सराप बगाउने (साक्मुरा वादेम्मा) पूजा सम्पन्न गरेका छन् ।

सो पूजा किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति बेलायतले गत शनिबार २५ मे का दिन कोट वाटर कन्ट्री पार्क स्वीन्डनमा आयोजना गरेको हो । पूजाको पहिलो चरणमा गाली सराप बगाउने (साक्मुरा वादेम्मा), ताम्भुङ्ग तेल्ला (वनको देवता) र संसारी माई उभौली पूजा गरिएको थियो । त्यस्तै, दोस्रो चरणमा विश्व शान्ति तथा मानव कल्याणका लागि नौ ग्रह शान्ति र येत लाघुङ्गसेमी (अष्टम यज्ञ) को पनि पूजा गरियो । साथै, उपस्थित भक्तजनहरुले च्याबु्रङ्ग झ्याम्टाका साथ माङ्गलाङ्ग केलाङ्ग नृत्य गरी देवी देवतालाई बिदाई गरिएको आयोजक संस्थाका अध्यक्ष रामकुमार सिं थेवेले जानकारी दिए ।

पूजामा संस्थाका अध्यक्ष थेवे, शब्दि गुरुहरु भक्त लाबुङ्ग, मंगलसिं लिङ्गदेन, तेजबहादुर मेन्याङ्गबो, सेवासामा आशा सुब्बा र मनमाया मादेन, सेवासावा चुनबहादुर लिङ्गदेन, तिलबिक्रम लावती र लाओत हाङ्ग शेर्माले पूजापाठ गरेका थिए । त्यस्तै, संस्थाका उपाध्यक्ष राजेन्द्र खिम्दिङ्ग र सल्लाहकार चन्द्रकला थेवे लिम्बु अतिथि सत्कारमा खटिएका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय (नेपाल) उपाध्यक्ष मेहेरमान लाबुङ्ग, गोर्खा नेपाली समाज स्वीन्डन अध्यक्ष चन्द्रकला थेवे लिम्बु, धनकुटा समाजसेवा अध्यक्ष पूर्ण लिम्बु, पाँचथर समाज सल्लाहकार पदमबहादुर चुवान, किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) यूके वरिष्ठ उपाध्यक्ष, नगेन्द्रराज नेम्वाङ्ग, लिम्बुवान नागरिक समाज यूके उपाध्यक्ष श्रीकुमार जबेगु, कियाचु थामेन्दिङ्ग (महिला विभाग) अध्यक्ष नेत्रकला (युमा) लिम्बु, संघीय लिम्बुवान समाज (सलिस) यूकेका उपाध्यक्ष कृष्ण लिङ्गदेन, संखुवासभा समाज पूर्वअध्यक्ष बिजय लिङ्गथेप, विश्व नेपाली साहित्य महासंघ अध्यक्ष विश्वासदीप तिगेला, किरात याख्खा छुम्मा अध्यक्ष गुनराज राई, संघीय समाजवादी पार्टी फोरमका अध्यक्ष वल्लभ गुरुङ, सलिस स्वीन्डन शाखा अध्यक्ष कर्ण लिम्बु, कियाचु यूके महासचिव गणेश ईजम, माङ्गेना चुम्लुङ्ग यूके अध्यक्ष कमला लिम्बु, कियाचु सल्लाहकार नरकुमारी लिम्बु लगायतको विशेष उपस्थिति रहेको थियो ।

बेलायतवासी किरात धर्मवालम्वीहरुको बाक्लो उपस्थिति रहेको पूजापाठ कार्यक्रम संस्था अध्यक्ष रामकुमार सिं थेवेको अध्यक्षता र सचिव लाल लिङदेनको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!