काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।
राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा ६ हजार भन्दा बढी पाहुना सहभागी भएका थिए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।






