प्रचण्डको दाबी, ‘अन्तत: नेत्रविक्रम चन्द पनि नेकपामै मिसिन आइपुग्छन्’

SHARE:

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत: नेत्रविक्रम चन्द पनि नेकपामै मिसिन आइपुग्ने बताएका छन् । चन्द समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार नेकपा प्रवेश गराउँदै दाहालले हिंसाले गन्तब्यमा नपुगिने बताए ।

उनले अरु व्यक्ति र पार्टीलाई पनि पूर्वाग्रह नराखी नेकपामा मिसिन आग्रह गरे । अहिलेको हिंसात्मक बाटो गलत रहेको उल्लेख गर्दै उनले देशले एउटै ठूलो कम्युनिष्ट पार्टी खोजेको बताए । राई चन्द समूहमा सरकारसँग वार्ता गर्नुपर्छ भन्ने लाइनमा थिए । यही कारण उनलाई चन्द समूहले हालै पार्टीबाट निलम्बित गरेको थियो ।

दाहाल नेतृत्वको तत्कालीन माओवादी पार्टी संसदीय व्यवस्थामा फसेको आरोप लगाउँदै मोहन वैद्यले पार्टी फुटाएका थिए । त्यसबेला वैद्य पट्टी लागेका रामबहादुर थापा बादल, पम्फा भूसालहरु पुन: प्रचण्डको लाइन फर्किए  । मोहन वैद्यसँग पनि नमिलेर नयाँ पार्टी खोलेका विप्लवका नेता राई पनि प्रचण्डकै लाइनमा लागेका छन् ।

त्यतिमात्रै होइन तत्कालीन नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईलाई छोडेर  पुराना माओवादीहरु पनि धमाधम एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पस्ने क्रम जारी छ ।

नयाँ क्रान्ति गर्ने नाममा पार्टी फुटाएकाहरुबाट कुनै उपलब्धि नदेखिएपछि उनीहरु मूलधारको राजनीतिमा फर्किएको नेकपाका नेताहरु बताउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!