ललितपुर सवारी दुर्घटनामा मृत्यु हुने को हुन् मुडभरी ?

SHARE:

काठमाडौं । ललितपुरको धोबिघाटमा आइतबार स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका २८ वर्षीय मुडभरी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको छन् । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोट बेल्कोटगढीका २८ वर्षीय चन्द्रमणि मुडभरी नायक तथा निर्देशक हुन । उनको मुख्य अभिनय रहेको चलचित्र म्हेन्दु प्रदर्शन को तयारीमा छ । घिमिरे नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुन् । केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका उनी पछिल्लो समय युट्युब च्यानल ‘किसान’ सञ्चालन गर्थे । दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो। नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ।

को हुन् – नायक मुडभरी ?

२०४८ असार ३० गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा पिता नवराज मुडभरी र माता गङ्गा मुडभरीको कोखबाट जन्मेका अन्त्यन्त मिजासिला र हसिला ब्यतित्व थिए , नायक चन्द्रमणि मुडभरी । सानै देखि गीत संगीत र कलाकारितामा रुचि राख्ने मुडभरिको बाल्यकाल नुवाकोट मै बित्यो । कुमरिकै बिरेन्द्र उच्च माबिबाट २०६६ सालमा +२ पास गरेका उनि त्यति बेला नै नुवाकोट मै रहेको रेडियो जलपामा काम गर्थे ।

ब्याचलर पढ्दै कलाकारिता संगै पत्रकारितामा पनि सक्रिय मुडभरी नवज्योति एफएम संगै विभिन्न टिभि हरुमा पनि प्रस्तोताको रुपमा काम गर्थे । थुप्रै म्युजिक भिडियो निर्देशन र अभिनय गरेका मुडभरिले अभिनय गरेको फिल्म म्हेन्दु रिलिजको तयारीमा छ । ‘ सपनाको महल ‘ , ‘तिमि आउने खुशीमा ‘ , ‘ कशम ‘, ‘ भाग्यमानि ‘ , लोक दोहोरि गीत ‘ शहर आएपछि ‘ लगायत दर्जन भन्दा धेरै म्युजिक भिडियो मा उनले अभिनय गरेका थिए ।

‘गुड लक् ‘ , ‘उल्टो जुत्ता’ , ‘ रंगमंच ‘ जस्ता डिजिटल फिल्ममा काम गरेका मुडभरीको मुख्य अभिनय रहेको चलचित्र ‘सिमल’ र ‘म्हेन्दु’ प्रदर्शनको तयारीमा छ । उनि हाल ब्ल्याक स्टोन फिल्म्सका संचालक तथा कान्तिपुर आज अनलाइन न्युज पोर्टलका संचालक तथा प्रधान सम्पादक थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!