सुडानमा सेनाको दमनमा १ सय ८ को मृत्यु

SHARE:

खार्तुम । सुडानमा प्रदर्शनकारी नेताहरूले सत्तारूढ सैनिक परिषदसँगको वार्ता अस्वीकार गरेका छन् । राजधानी खार्तुममा जारी प्रदर्शनका क्रममा सरकारी सेनाको दमनमा १ सय ८ को मृत्यु भएपछि नेताहरूले वार्ताको कुनै औचित्य नभएको बताएका हुन् ।

सैनिक दमनमा घाइते हुनेको संख्या कम्तीमा ५ सय छ । यद्यपि, सरकारी अधिकारीले मृतकको संख्या १०८ पुगेको अस्वीकार गरेका छन् ।

उनीहरूले सैनिक कारबाहीका क्रममा ४६ जनाको ज्यान गएको दाबी गरेका छन् । सैनिक मुख्यालयबाहिर चलाएको गोली लागी मृत्यु हुनेको संख्या सय नाघेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले कम्तीमा ४० जनाको शव खार्तुमको नाइल नदीबाट निकालेको दाबी गरे ।

सरकारी अधिकारीहरु मृतकको संख्याबारे सुरुमा केही नबोले पनि १०८ जनाका मारिएको तथ्यांक सार्वजनिक भएसँगै बिहीबार ४६ जनाको ज्यान गएको दाबी गरेका हुन् ।

विरोध प्रदर्शन चर्कंदै गएपछि परिषद्ले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भंग गरी नौ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!