सत्तारुढ सांसद शर्माद्वारा लोकसेवा आयोगको विज्ञापनको विरोध

SHARE:

काठमाडौँ । नेकपाका सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको बताएका छन् । उनले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

शुक्रबार बसेको समितिको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले लोकसेवाको विज्ञापन संविधान अनुसार नभएको र संविधान मिचेको धारणा राखे । ‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो । यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला । तर विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन,’ शर्माले बैठकमा भने ।

नेता शर्माले लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने बताए । ‘यसैका कारण संवैधानिक आयोगकै विरोध हुन थाल्यो । यही हो संवैधानिक अराजकता । यसले राष्ट्रलाई संकटमा पर्छ,’ शर्माको भनाई छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!