पत्रकारहरुले मानव साङ्लोसहितको जुलस प्रदर्शन

SHARE:

काठमाडौँ । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोध गर्र्दै पत्रकारहरुले मानव साङ्लोसहितको जुलस प्रर्दशन गरेका छन् ।

शनिबार अपराह्न काठमाडौंको बबरमहलमा नेपाल पत्रकार महासंघको नेतृत्वमा भएको आन्दोलनमा उनीहरुले सरकारलाई सो विधेयक फिर्ता लिन माग गरेका छन् ।

उनीहरुले प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित आँखामा पट्टी बाँधेर सडकमा प्रर्दशन गरेका हुन् । मानवसाङ्लो बनाउनुअघि भएको कोणसभामा पत्रकार महासंघका पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरुलाई सम्बोधन गर्दै पत्रकार महासंघले एक महिनादेखि गरेको आन्दोलन सरकारले सुनुवाई नगरेको भन्दै छिट्टै अर्को चरणको आन्दोलन गर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!