आप्रवासीलाई रोक्न हरसम्भव कदम चाल्न मेक्सिको सहमत

SHARE:

काठमाडौं । मेक्सिकोले आप्रवासीलाई सीमा क्षेत्रमा रोक्न हरसम्भव कदम चाल्न सहमति जनाएको छ ।

अमेरिकासँग तीनदिने वार्ताको अन्त्यमा यो सहमति सम्भव भएको मेक्सिकोका विदेशमन्त्री मार्सेलो एड्राडले बताए ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा मेक्सिकोले अवैध आप्रवासी र मानव तस्करी रोक्न सम्भव भएसम्मका उपाय अपनाउन सहमति जनाएको उल्लेख गरेको छ ।

अमेरिकाले आप्रवासीहरूको दाबीबारे समीक्षा भइरहँदा शरणार्थीको मान्यता खोज्नेहरूलाई मेक्सिको पठाउने कार्यक्रम विस्तार गर्न सहमति जनाएको छ । त्यसको बदलामा अमेरिकाले न्यायिक प्रक्रिया तीव्रगतिमा अघि बढाउनेछ ।

दुई मुलुकबीचको सहमतिअनुसार मेक्सिकोले सोमबारबाट आफ्ना सबै सीमा क्षेत्रमा ‘नेसनल गार्ड’ खटाउनेछ भने ग्वाटेमालासँगको दक्षिणी सीमामा थप ६ हजार अतिरिक्त सेना परिचालन गर्नेछ ।

यस्तै, मानव तस्करीको सन्जाल निस्तेज पार्न निर्णायक कदम चाल्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!