सभामुख महराद्वारा शेरा प्रतिष्ठानको प्रशंसा

SHARE:

काठमाडौं । सभामु्ख कृष्णबहादुर महराले धर्म र परम्परालाई शिक्षा र चेतनामा रुपान्तरण गर्नु समाजको अग्रगामी रुपान्तरणमा महत्वपूर्ण फड्को बताउनु भएको छ । दिवंगत राम्री तामाङको तेश्रो तीथीमा आईतबार शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको स्वास्थ्य सचेतना तथा सम्मान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।


विशेषज्ञ डाक्टरले बृत्तचित्रमार्फत क्यान्सर रोगबाट बच्ने महत्वपूर्ण शिक्षा दिएर, कृषिका विज्ञहरुद्वारा सुरक्षित कृषि उत्पादनको बारेमा ज्ञान प्रदान गरेर मृतकहरुलाई सम्झिने शैली वास्तवमै दुरगामी र सन्देशमुलक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.राजेन्द्रप्रसाद बरालले क्यान्सर रोगबाट बच्न खाने शैलाीमा सुधार्नु पर्ने औंल्याए । एकैचोटी डकारर्ने गरी नखाई दिनमा थोरै थोरै गरी पाँच चोटी खानु स्वास्थ्यका लागि राम्रो हुने बताए । डा. बरालले क्यान्सर रोगका कारण, प्रकृति, लक्षण तथा उपचार विधी सहित बच्ने उपायका बारेमा श्रव्यदृष्य प्रस्तुतिमार्फत सहभागिहरुलाई प्रशिक्षित गराएका थिए ।

प्रतिष्ठानको संरक्षक समेत रहेको प्रदेश ३ का उपसभामुख राधिका तामाङले आफनो आमा बुवाको स्मृतिमा स्थापना भएको उक्त प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा सेवामुलक कार्यहरु गर्दै आएको बताईन । गुम्बामा बत्ति बालेर, पुजा गरेर मृतकहरुलाई सम्झनु भन्दा चेतनामुलक र सेवामुलक कार्य गरेर सम्झनु वहाँहरु प्रति सम्मान हुने उनको भनाई थियो ।

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवबध्वज जीसी, सहसचिव तेजबहादुर सुवेदी, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादव, शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, नुवाकोट तरकारी जोन संचालक समितिका अध्यक्ष मधु अधिकारीले आफना विचार प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा खेल क्षेत्रमा क्रियाशील रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विजेता बन्न सफल नुवाकोट जिल्लाका तीन जना खेलाडिहरुलाई जनही रु. दसहजार एकसय नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपालबाट प्रथम ओलम्पीक खेलमा सहभागि भै एशियन च्याम्पियनसीप बन्न सफल तेक्वान्दो खेलाडी संगिना वैद्य, स्वर्ण पदक विजेता रेस्लर कमल तामाङ (नुवाकोटे टाईगर) र रसियन अल स्पोर्ट्स हाम्किदो च्याम्पियनसीपमा कास्य पदक विजेता प्रदिप थापा रहेका छन् । सोही कार्यक्रममा प्रतिष्ठानले नुवाकोट पन्चकन्या निवासी क्यान्सरका विरामी कृष्णबहादुर तामाङलाई रु. पन्ध्र हाजर नगद सहयोग प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!