मोदीको किर्गिस्तान भ्रमणका क्रममा हुने हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्ने

SHARE:

नयाँ दिल्ली । भारतका प्रधानमन्त्रीको हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्ने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान भ्रमणका क्रममा हुने हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्नेछ । समाचार एजेन्सीहरुका अनुसार मोदीको हवाई यात्रा ८ घण्टा लामो हुने या ४ घण्टाको हुने भन्नेबारे पाकिस्तानले निर्धारण गर्ने भएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकमा १३ र १४ जुनमा आयोजना हुने सांघाइ सहयोग संगठनको बैठकमा सहभागी हुन मोदी त्यसतर्फ जान लागेका हुन् । उनको हवाई मार्ग भने अझै निश्चित हुन सकेको छैन । पाकिस्तानले हाल आफ्नो आकाशमाथि व्यावसायिक उडानमा बन्देज लगाएको छ । पाकिस्तानी आकाश प्रयोग गर्ने ११ हवाई रुटमध्ये दुईवटा रुटमात्र खुला छ । ती दुवै रुट दक्षिण पाकिस्तानतर्फ छन् ।

नयाँ दिल्लीबाट किर्गिस्तान जानका लागि पाकिस्तानले आफ्नो आकाशमाथि लगाएको प्रतिबन्ध खुला नगरेमा मोदी सवार विमानले घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ । उक्त बाटो करिब ८ घण्टा लामो हुने जनाइएको छ । पाकिस्ताले मोदी सवार विमानलाई हवाई मार्ग खुला गरेको खण्डमा यात्रा अवधि झण्डै आधा कटौती हुनेछ । भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाशमार्ग खुला गरिदिएमा करिब ४ घण्टामै उनी किर्गिस्तान पुग्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!