लन्डन । पाचोक समाज युकेको तेस्रो वार्षिक भेटघाट कार्यक्रम शनिबार हुँदैछ ।
अल्डरसटस्थित सुसी मो मो रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका निरा थापामगरको धमकेदार प्रस्तुति दिनेछिन् । शनिबारको उक्त कार्यक्रम दिउँसो १ बजेदेखि राति साढे ९ बजेसम्म लाई तोकिएको छ ।
प्रवेश शुल्क वयस्क २५ पाउन्ड र ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि १२ पाउन्ड तय गरिएको छ । कार्यक्रमबारे थप जानकारी आवश्यक परे हर्कमान गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
Sent 13h ago






