जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

बेइजिङ २४ फेब्रुअरी २०२६ । ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले मङ्गलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई कडा निगरानी सूचीमा […]

म्याग्दीका कमल पुर्जासहितले गराए विद्यालयलाई ऋणमुक्त

म्याग्दी २४ फेब्रुअरी २०२६ । जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो । पूर्वशिक्षक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा बाँसखर्कका पूर्वप्रधानपञ्च लालबहादुर पुनका नातिनीहरूले सहकारीको […]

देश गफले होइन, कामले बन्छः अध्यक्ष हर्क साम्पाङ

भोजपुर २३ फेब्रुअरी २०२६ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन् । देश गफले नभई कामले बन्ने अध्यक्ष साम्पाङ भनाइ छ । यहाँको हतुवागढी र आमचोक गाउँपालिकामा सोमबार भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरुले काम गर्ने क्षमता नदेखाएको बताए । उनले गफले मात्रै […]

धादिङ बस दुर्घटनाको छानबिन गर्न नेपाल सरकारले बनायो कार्यदल, बेलायती नागरिकसहित १९ को मृत्यु

काठमाडौँ २३ फेब्रुअरी २०२६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । सोमबार गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, […]

श्रम संस्कृति पार्टी यूके प्रवास समिति गठनको तयारी

लन्डन २३ फेब्रुअरी २०२६ । श्रम संस्कृति पार्टी यूके प्रवास समिति गठनको तयारी गरिएको छ । गत २२ फेब्रुअरी २०२६ का दिन फेल्थाम कम्युनिटी कलेज लन्डनमा राम ईजमको संयोजकत्वमा र समाजसेवी याम आङ्बुहाङ्को अध्यक्षतामा बसेको बैठकले भावी दिनमा यूके निवासी श्रम संस्कृति पार्टीप्रति आस्था राख्नेहरुलाई संगठित गरी पार्टीको अभियानलाई साथ र सहयोग गर्न प्रवास समिति […]

धादिङ बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष […]

४४औँ मगर दिवस भव्य रूपमा सफल: अध्यक्ष लाल बहादुर पुनद्वारा आभार व्यक्त

बेलायत, २२ फेब्रुअरी २०२६ – मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले ४४औँ मगर दिवस भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सबैप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको छ। शनिबार, २१ फेब्रुअरी २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुनले संघका पूर्वअध्यक्षहरू, संरक्षकहरू, ट्रस्टी, सल्लाहकारहरू, अग्रज व्यक्तित्वहरू तथा […]

अमेरिकी राष्ट्रपति ट्रम्पको जमिनमा जबरजस्ती प्रवेश गर्न खोज्ने व्यक्तिको सुरक्षाकर्मीको गोली लागी मृत्यु

अमेरिका २३ फेब्रुअरी २०२६ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगानी रहेको जमिनमा जबरजस्ती प्रवेश गर्ने एक व्यक्तिको गोली लागी मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ । राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्ट परिसरमा गैरकानुनी रुपमा प्रवेश गरेका एक हतियारधारी व्यक्तिलाई गोली हानी हत्या गरेको आइतबार अमेरिकी गुप्तचर सेवाले जनाएको छ । […]

एनआरएनएको महासचिवमा रामशरण सिम्खडाले उम्मेदवारी दिने

काठमाडौँ २२ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले १२ औँ महाधिवेशनमा महासचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । हाल उपाध्यक्ष भए पनि उनले गत महाधिवेशनमा भएको सहमतिलाई आधार मानेर महासचिवमा उम्मेदवारी दिन लागेका हुन् । संघको ११औँ महाधिवेशनमा उनले डा. बद्री केसी टिमबाट उपाध्यक्षमा उम्मेदवार बनेर अन्तिम छैटौँ स्थानमा […]

पहिलोपटक सिलिगुडीमा नेपथ्य

काठमाडौँ २२ फेब्रुअरी २०२६ । पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक सुनाउने भएको छ । ब्यान्डका निम्ति सिलिगुडीको कन्सर्ट यो वर्ष (सन् २०२६) नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति पनि हुँदै छ । गत […]

error: Content is protected !!