एनआरएनएको महासचिवमा रामशरण सिम्खडाले उम्मेदवारी दिने

SHARE:

काठमाडौँ २२ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले १२ औँ महाधिवेशनमा महासचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।

हाल उपाध्यक्ष भए पनि उनले गत महाधिवेशनमा भएको सहमतिलाई आधार मानेर महासचिवमा उम्मेदवारी दिन लागेका हुन् । संघको ११औँ महाधिवेशनमा उनले डा. बद्री केसी टिमबाट उपाध्यक्षमा उम्मेदवार बनेर अन्तिम छैटौँ स्थानमा विजय हासिल गरेका थिए । विगतमा भएको टुटफुटका कारण उत्पन्न समस्याबीच एनआरएनएलाई पहिलेको जस्तै प्रतिष्ठित अवस्थामा फर्काउन ठोस कार्ययोजना र एजेन्डासहित उनी चुनावी मैदानमा होमिन लागेका हुन् ।

केही महिनाअघि मात्र दुई समूहमा विभाजित रहेको एनआरएनए एकताबद्ध भएर महाधिवेशन गर्ने समझदारी भएको थियो । सोही समझदारीअनुसार एनआरएनएको महाधिवेशन हुँदै गर्दा संस्थाको महासचिवका रूपमा प्रभावकारी काम गर्ने योजनासहित आफू मैदानमा होमिन लागेको उनले बताए ।

उनले आगामी मङ्गलबार, २४ जनवरी २०२६ मा भर्चुअल माध्यमबाट आफ्नो संकल्पपत्रसहित उम्मेदवारी घोषणा गर्ने बताएका छन् । उनीसँग एनआरएनए एनसिसीको सदस्यबाट सचिव हुँदै आईसीसी उपमहासचिव लगायत विभिन्न कार्यदलमा लगातार जिम्मेवारी सम्हालेर काम गरेको अनुभव छ ।

एनआरएनएको १२औँ महाधिवेशन मार्च १४ देखि १६ तारिखसम्म काठमाडौँमा हुँदैछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!