श्रम संस्कृति पार्टी यूके प्रवास समिति गठनको तयारी

SHARE:

लन्डन २३ फेब्रुअरी २०२६ । श्रम संस्कृति पार्टी यूके प्रवास समिति गठनको तयारी गरिएको छ ।

गत २२ फेब्रुअरी २०२६ का दिन फेल्थाम कम्युनिटी कलेज लन्डनमा राम ईजमको संयोजकत्वमा र समाजसेवी याम आङ्बुहाङ्को अध्यक्षतामा बसेको बैठकले भावी दिनमा यूके निवासी श्रम संस्कृति पार्टीप्रति आस्था राख्नेहरुलाई संगठित गरी पार्टीको अभियानलाई साथ र सहयोग गर्न प्रवास समिति गठन गर्ने निष्कर्ष निकालेको हो । भेलाले यही फागुन २१ मा नेपालमा हुन लागेको प्रतिनिधिसभा सदस्यका लागि श्रम संस्कृति पार्टीका उम्मेदवारहरुलाई जिताउन आ-आफ्नो क्षेत्रमा सहयोग गर्न मतदानको लागि अपिल गर्ने पनि निष्कर्ष निकालेको छ ।

श्रम संस्कृति पार्टी प्रवास समिति गठनका लागि पहल गर्न राम ईजमको संयोजकत्वमा ९ सदस्यीय पहल समिति गठन गरिएको छ । समितिमा सचिव नरप्रसाद थाम्सुहाङ, सदस्यहरुमा क्रमशः भीमबहादुर येक्तेन, याधुचन्द्र लावती, मनोज पुन, कृष्ण लिङ्देन, राम पोमु, पारस राना मगर र चन्द्रकला आवाजुङ रहेका छन् ।

समितिले ६ महिनाभित्र केन्द्रको राय–सल्लाह लिई श्रम संस्कृति प्रवास समिति गठन गर्ने र समितिले केन्द्रसँग समन्वय राखी आवश्यक सल्लाह, सुझाव र सहयोग गर्ने पहल समितिका संयोजक राम ईजमले बताए । सभामा दर्जनौं सहभागी अगुवाहरुले आ-आफ्ना धारणा राख्दै श्रम संस्कृति पार्टीको दर्शन, प्रकृति, संस्कृति र प्रविधिको व्याख्या तथा पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रको विश्लेषण गरेका थिए ।

वर्तमान नेपालको राजनीतिक परिस्थितिमा देशको आवश्यकताअनुसार अघि सारिएका घोषणापत्रहरु समग्र नेपालीहरुको चाहना, भावना र आवश्यकता पूरा गर्ने भन्नेमा एकमतले समर्थन गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष याम आङ्बुहाङ्ले अब इतिहासको निरन्तरता नभएर नयाँ इतिहासको सुरुवात भएको बताए । देश स्वनिर्भर हुनका लागि श्रम संस्कृतिले अघि सारेका सबै घोषणापत्रहरु व्यवहारिक रहेको र त्यसमा पनि कृषि, शिक्षा र आविष्कारमा ल्याउन लागिएको क्रान्तिलाई सफल बनाउन देश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले आत्मसात् गर्नुपर्ने धारणा राख्दै सभा समापन गरेका थिए ।

सभामा श्रम संस्कृति पार्टिप्रति आस्था राख्ने अग्रज महानुभावहरु तथा यूके नेपाल न्युज टि.भी.का निर्देशक पारस रानामगरलगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!