मगर संघ युकेद्वारा आयोजित ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न

बेलायत, २१ फेब्रुअरी २०२६ – मगर संघ युकेले बेलायतको अल्डरसटस्थित एम्पायर हलमा ४४औँ मगर दिवस भव्यताका साथ मनाएको छ। मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत् समुद्घाटन गर्नुभएको थियो। कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, एक मिनेट मौनधारण […]
१२ वर्षपछि चुम्यो सहाराले आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की २१ फेब्रुअरी २०२६ । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो । च्याम्पियन बनेको सहाराले ट्रफीसहित रु १४ लाख एक हजार पुरस्कार […]
कांग्रेस उम्मेदवार महतको गुनासो – ‘कतिपय गाउँमा जाँदा चिनजानै भएन भन्नुहुन्छ’

नुवाकोट २१ फेब्रुअरी २०२६ । नेपाली कांग्रेसबाट नुवाकोट-१ का उम्मेदवार प्रकाशशरण महतले कतिपय गाउँका मतदाताले ‘चिनजान नै छैन’ भन्ने गरेको गुनासो गरेका छन् । नेपाल तरुण दलको क्षेत्रीय भेलालाई शनिबार पञ्चकन्या गाउँपालिकाको पुरानीडाँडामा सम्बोधन गर्दै महतले नेता, कार्यकर्तामाझ उक्त गुनासो पोखेका हुन् । महत यही फागुन २१ मा नुवाकोटबाट पहिलोपटक चुनाव लड्नका लागि प्रचारप्रचारमा रहेका […]
रौतहटमा दुई पक्षबीच झडप, गौरमा अनिश्चितकालीन कर्फ्यु जारी

रौतहट । जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा शनिबार अपराह्न १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनः झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म […]
लमजुङ समाज यूकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङलाई पितृशोक

काठमाडौँ २० फेब्रुअरी २०२६ । लमजुङ समाज यूकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङलाई पितृशोक परेको छ । एनआरएनए यूकेका सल्लाहकारसमेत रहेका दलबहादुरका बुबा नेपाली कांग्रेसका नेता, समाजसेवी एवम् प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको १०० वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । मृतक टेकबहादुर नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल तरूण दलका पूर्वमहासचिव यमबहादुर […]
आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता थापामगर

भद्रपुर । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिनुभयो । कुबेतदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उहाँको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी सङ्घर्ष, पीडा र रोगसँगको […]
सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ

लन्डन १९ फेब्रुअरी २०२६ । बेलायतका पूवै राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुनुहुन्छ । थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उहाँलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार […]
बुद्धिमायाको दही र हितबहादुरको संकल्प

– विशेष फिचर नुवाकोटको तादी गाउँपालिकामा फागुनको रापिलो घामसँगै चुनावी सरगर्मी चुलिएको छ। तर, यो चुनावी दौडधुपबीच एउटा यस्तो दृश्य देखियो, जसले राजनीतिलाई केवल ‘भोट’ र ‘सत्ता’ को खेलबाट माथि उठाएर ‘सम्बन्ध’ र ‘संस्कार’ को उचाइमा पुर्याइदियो। तादी–५, कटुन्जेको उकालो काट्दै गर्दा ९५ वर्षीया बुद्धिमाया तामाङ आमा आफ्नो दैलोमा प्रतीक्षारत हुनुहुन्थ्यो। चाउरिएका गाला, खुम्चिएका आँखा, […]
तमु धीं यूकेद्वारा सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान

लन्डन १९ फेब्रुअरी २०२६ । तमु धीं यूकेले टेनिसकी उदीयमान खेलाडी सिभाली गुरुङ र तेक्वान्दो खेलाडी रेखमाया गुरुङलाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार २०२५’ प्रदान गरेको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बुधबार १८ फेब्रुअरीमा पोखरामा आयोजित २५ औं वार्षिकोत्सवका अवसरमा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङलगायतले खेलाडीद्वयलाई नगद […]
चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

म्याग्दी १९ फेब्रुअरी २०२६ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी तुँदी पावरले तीन वटा विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड सहयोग गरेको हो । जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम […]
तमु कलाकार संघ नेपालद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

बुधवार १८ फेब्रुअरी नेपाल। तमु ह्युला छोंज धी भवन मित्रनगर काठमाडौमा तमु कलाकार संघ नेपालद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुंग, गोरखा जिल्ला तमु समाज यूकेका अध्यक्ष टेकमान गुरुंग, तमुधी यूकेका आमा समुहकी बरिष्ठ उपाध्यक्ष श्रीमती नन्दा गुरुंग र तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशुराम […]
८ वटा नेपाली संस्थाहरूसंग साझा नेपाली समाजले सहकार्य गर्ने

शशांक शर्मा- बेलायत बेलायतको मिडलैन्डमा कार्यरत नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजका अध्यक्ष नारायण प्रसाद फुयॅालको अध्यक्षयतामा मिति १८/०२/२०२६ मा बसेको कार्यसमितिको बैठकले साझा नेपाली समाजले अन्य संस्थाहरूसंग सहकार्य गर्ने भएको छ । यो निर्णय सगै साझा नेपाली समाज बेलायतमा सहकार्य गर्ने संस्थाहरु ८ पुगेका छन। साथै मिडलैन्ड र आसपासमा कार्यरत नेपाली समाजहरुले पनि सहकार्य […]