स्मृतिमा कुबेरसिं नेम्बाङ : गोर्खा सैनिकदेखि समाजसेवाको प्रेरणादायी यात्रा

मानिस जन्मन्छ, बाँच्छ र एक दिन यस संसारबाट बिदा हुन्छ। तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसले आफ्नो जीवनलाई केवल व्यक्तिगत सुख–दुःखमा सीमित नराखी राष्ट्र, समाज र मानवताको सेवामा समर्पित गर्छन्। त्यस्ता व्यक्तित्वहरूको शारीरिक उपस्थितिको अन्त्य भए पनि उनीहरूको कर्म, आदर्श र योगदान सधैं जीवित रहिरहन्छ। स्वर्गीय स्टाफ सार्जेन्ट कुबेरसिं नेम्बाङ त्यस्तै दुर्लभ व्यक्तित्वमध्ये एक हुनुहुन्थ्यो […]

ठेकेदारमाथि रास्वपा सरकारका मन्त्री लम्सालको आक्रोश – ‘काम नगरे खुट्टा भाँच्दिनू’

काठमाडौं । रास्वपा नेतृत्वको नेपालका सरकारका पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउन निर्देशन दिएका छन् । निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको आइतबार स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका हुन् । अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख […]

हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनःस्थापित हुनुपर्नेमा बेलायती प्रधानमन्त्री किर स्टार्मरको जोड

लन्डन । बेलायती प्रधानमन्त्री किर स्टार्मरले हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनःस्थापित हुनुपर्नेमा जोड दिएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि प्रधानमन्त्री स्टार्मरले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले बेलायत समुद्री खानी हटाउने कार्यमा सहयोग गर्न तयार रहेको बताउँदै इरानले कहिल्यै आणविक हतियार […]

नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईद्वारा साल्पा-सिलिचुङ/सिलिछोलाई ५ लाख २ हजार सहयोग

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले साल्पा-सिलिचुङ/सिलिछोलाई ५ लाख २ हजार ३ सय ४४ रुपैयाँ सहयोग गरेका छन् । किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्षसमेत रहेका राई र आयुष्मा कोयी राई दम्पतीले पूर्वप्रतिबद्धताअनुसार किस्तामा दान भेटी उपलब्ध गराएको साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको […]

‘डा महावीर पुनलाई जिताऊ अभियान’का अभियन्ताहरुले दिए मन्त्री डा.पुनलाई बधाई तथा शुभकामना

योग फगामी। म्याग्दी । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गठन भएको ‘डा महावीर पुनलाई जिताऊ अभियान’का अभियन्ताहरुले नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा महावीर पुनलाई बधाई तथा शुभकामना दिएका छन् । अभियानमा संलग्न स्वतन्त्र व्यक्तिहरुले शुक्रबार सिहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री पुनलाई बधाई र शुभकामना दिएका हुन् । साथै म्याग्दीको रघुगंगा गाउँपालिकाको गत वर्षको आर्थिक […]

एनआरएनएद्वारा संरक्षक परिषद् घोषणा, पूर्वअध्यक्ष घलेद्वारा परिषद्मा बस्न अस्वीकार

लण्डन । गैर आवासी नेपाली संघ, अन्तर्राष्ट्रय समन्वय परिषद्को दोस्रो बैठकले संरक्षक परिषद् घोषणा गरेको छ । जुन १३ र १४ मा संचालन एनआरएनए आईसीसी बैठकले संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, महेशकुमार श्रेष्ठ, डा. बद्री केसी र एनआरएनएका परिकलपनाकार भिम उदास रहेको संरक्षक परिषद् घोषणा गरेको हो । परिषद् घोषणा अगावै अध्यक्ष डा. […]

‘झोर्ले हजुर’ गीत सार्वजनिक, विष्णु माझी र बाबुकृष्ण परियारको आवाज

काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझी र गायक बाबुकृष्ण परियारको आवाज नयाँ गीत “झोर्ले हजुर” सार्वजनिक भएको छ । उक्त गीत शनिबार (जेठ ३०) गायक बाबुकृष्ण परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द चर्चित गीतकार रमेश बिजीले लेखेका हुन् भने सङ्गीत गायक बाबुकृष्ण परियारले नै तयार पारेका हुन्। गीतको संगीत संयोजनको काम […]

बेलायतमा निधन भएका पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको शव १९ जुनमा नेपाल लगिने

लन्डन । बेलायतमा निधन भएका पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको पार्थिर शरीर अन्त्येष्टिका लागि नेपाल लगिने भएको छ । पूर्वब्रिटिस आर्मी स्टाफ सार्जेन्ट कुवेरसिङको शव नेपाल लैजाने तयारी करिब अन्तिम चरणमा पुगेको उनका जेठा छोरा नगेन्द्रराज नेम्वाङले जानकारी गराएका छन् । उनका अनुसार १९ जुन २०२६ मा कुवेरसिङको शव बेलायतबाट नेपाल लगिने छ । शव […]

नेफिन युकेद्वारा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति मेलाको आयोजना, स्टल बुकिङ खुला

लन्डन। नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले आगामी ८ अगस्ट २०२६ शनिबारका दिन ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति मेला भव्य रूपमा आयोजना गर्ने भएको छ। विविधताको उत्सव, सम्पदाको संरक्षण र एकताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ वोकिङस्थित किरात हाउस (Kirat House, Gambles Lane, Woking GU23 6HS) मा यो ऐतिहासिक मेला आयोजना हुन लागेको हो। सन् २००७ मा […]

पुन मगर समाज युकेको भूमे पूजा २०२६ को पावन अवसरमा चुले निम्तो

आइतबार, १४ जुन २०२६ – लन्डन। पुन मगर समाज युकेको आयोजनामा हुन गइरहेको मौलिक तथा सांस्कृतिक पर्व भूमे पूजा २०२६ तथा १२औँ वार्षिक भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रमको तयारी पूरा भएको जानकारी समाजका महासचिव धनबहादुर पुर्जा पुन मगरले जुम बैठक मार्फत गराउनुभएको हो। उक्त मौलिक तथा सांस्कृतिक पर्व भूमे पूजा २०२६ तथा […]

स्कटल्याण्डले विश्वकप फुटबलमा हाइटीलाई हरायो

लन्डन । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो […]

error: Content is protected !!