स्विन्डनमा २८ जुनमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी नवीकरणदेखि भिसासम्मका सेवा उपलब्ध

लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले स्विन्डन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार यही २८ जुन २०२६ (आइतबार) स्विन्डनमा शिविर सञ्चालन गरी राहदानी नवीकरण, पर्यटक भिसा तथा अन्य कन्सुलर सेवा प्रदान गरिनेछ । शिविर बिहान १० बजेदेखि दिउँसो […]
बेलायतमा नवौं अल्डरसट भलिबल प्रतियोगितामा स्याङ्जा र मोना लेडिज टिम विजेता

लन्डन । बेलायतमा नवौं अल्डरसट भलिबल प्रतियोगितामा स्याङ्जा र मोना लेडिज टिम विजेता बनेका छन् । अल्डरसटको वेलेस्ली खेल मैदानमा १३ जुन २०२६ मा भएको प्रतियोगिताको फाइनलमा आयोजक अल्डरसट भलिबल टिमलाई हराउँदै स्याङ्जा भलिबल टिम विजयी भयो । विजयी टिमले १६ सय र उपविजेताले ११ सय पाउन्ड, ट्रफी र मेडल पुरस्कार पाए । यसैगरी विन्चेस्टरलाई […]
नेपाली दूतावास लन्डनमा नेपालका अटिस्टिक बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम सम्पन्न

लन्डन । नेपाली दूतावास लन्डनमा नेपालका अटिस्टिक बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज वुमन एसोसिएसन यूकेले शुक्रबार १२ जुन २०२६ मा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालमा अटिजम भएका बालबालिकाको सहयोगका लागि एसोसिएसनले गरेको कार्य सराहनीय भएको बताए । एसोसिएसनकी संरक्षक […]
नेपालका परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा निस्किए

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै […]
टोखा-छहरे सुरुङलाई रास्वपा नेतृत्वको सरकारले छुट्ट्यायो ११ लाख ४८ हजार बजेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले टोखा-छहरे-गुर्जेभन्ज्याङ सुरुङ मार्गलाई ११ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याएको छ । पूर्वाधार विकास मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०८३/८४ मा टोखा-छहरेसहित एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरिएको हो । हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास […]
जीआरएनसी यूकेकी अध्यक्ष माबोद्वारा पूर्वगोर्खा कुवेर सिङ नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी पहिलो महिला अध्यक्ष लिला सेलिङ माबोले पूर्वगोर्खा कुवेर सिङ नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । अध्यक्ष माबो पूर्वब्रिटिस आर्मी स्टाफ सार्जेन्ट कुवेरसिङको आसफोर्डस्थित निवास पुगेर शुक्रबार दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी हुन् । उनले कुवेर सिङको तस्बिरमा फूल र खादासमेत चढाएकी थिइन् । उनले शोकसन्तप्त सम्पूर्ण नेम्वाङ […]
रिन्पोछेको उपस्थितिमा बीसीसी केन्ट पर्ली लिङ गुम्बामा प्राणप्रतिष्ठा पूजा सम्पन्न [२५ तस्बिरहरु]

लन्डन । दक्षिण भारतबाट बेलायत आएका प्रशिद्ध गुरु क्याब्जे ग्याङखाङ रिन्पोछेको उपस्थितिमा बीसीसी केन्ट पर्ली लिङ गुम्बामा प्राणप्रतिष्ठा पूजा सम्पन्न भएको छ । रिन्पोछेकै करकमलबाट पहिलो चरणको गुम्बा प्राणप्रतिष्ठा (राब्ने) पूजा साथै नाम्छ्योद ङोन्ड्रो तथा च्योदको लुङ आगम प्रदान कार्यक्रम अत्यन्त श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले […]
दक्षिण कोरियामा जुन २० र २१ मा ‘नुवाकोट एकता महोत्सव’ हुने, के के छन् आकर्षण ?

काठमाडौं । दक्षिण कोरियामा यही जुन २० र २१ मा ‘नुवाकोट एकता महोत्सव’ हुने भएको छ । नुवाकोट एकता समाज दक्षिण कोरियाको आयोजनामा महोत्सव हुन लागेको हो । के के महोत्सवका प्रमुख आकर्षणहरू: नेपाली सांगीतिक टोलीद्वारा विशेष सांस्कृतिक प्रस्तुति नेपाली तथा अन्य विविध स्वादिष्ट परिकारहरू गर्मी मौसमका लागि स्विमिङ पूल (महिला र पुरुषका लागि छुट्टाछुट्टै […]
नेपालमा पक्राउ परे चर्चित सेफ सन्तोष साह

काठमाडौँ । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् । साहलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो । गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापा)ले सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साहसहित सिराहाकै कर्जन्हा […]
तमु प्ये ल्हु संघ युकेको वार्षिक गृष्मकालीन भेटघाट तथा बीबीक्यू कार्यक्रम २७ जुनमा, कलाकार को को ?

लन्डन । तमु प्ये ल्हु संघ युकेको वार्षिक गृष्मकालीन भेटघाट तथा बीबीक्यू कार्यक्रम यही २७ जुनमा हुने भएको छ । नेपालबाट आएका चर्चित कलाकारको साथमा गत वर्ष झैं यो बर्ष पनि वार्षिक गृष्मकालीन भेटघाट तथा समर बीबीक्यू हुन लागेको तमु प्ये ल्हु संघ यूकेका प्राविधिक इन्द्रेश ङोप्छेले सूचनामार्फत जानकारी गराएका छन् । कार्यक्रम शनिबार २७ […]
बेलायतमा तमु धीं यूकेले अगस्ट ३० मा १७ औं नेपाली मेला आयोजना गर्ने

लन्डन । तमु धीं यूकेले आगामी अगस्ट ३० मा १७ औं नेपाली मेला आयोजना गर्ने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ सन्देशसहित हरेक वर्ष गरिँदै आएको मेला यस वर्ष ३० अगस्टमा हुने तमु धीं यूकेले जनाएको छ । मेला केम्पर्टन पार्क रेसकोर्समा बिहान १० देखि राति ८ बजेसम्म हुने छ । मेलामा […]
नेपालका परराष्ट्रमन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जाने

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका […]