प्रमुख समाचार

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु

एजेन्सी ३० नोभेम्बर २०२३ । कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं ३० नोभेम्बर २०२३ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती

विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ३० नोभेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेको प्रयास विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागि हुन यूएई प्रस्थान

माठमाडौं २९ नोभेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट कोप–२८ मा सहभागिता जनाउन बुधबार राति यूएईको दुबई प्रस्थान गरेका छन् । उनी साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान

नेपालका वरिष्ठ हाँस्यकलाकारद्वय श्रेष्ठ र आचार्यको मह जोडी बेलायत आउने

लण्डन २९ नोभेम्बर २०२३ । नेपालका वरिष्ठ तथा लोकप्रिय हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी प्रहसन कार्यक्रमका लागि बेलायत आउने भएको छ । बेलायतस्थित गोर्खा भेट्रान र तिनका परिवारहरुको कल्याण एवं हकहितका लागि

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं २९ नोभेम्बर २०२३ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ले आयोजना गरेको इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । यही मङ्सिर १२ गतेदेखि अस्ट्रियाको भियनामा आयोजना भइरहेको

नेपालमा राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ २९ नोभेम्बर २०२३ । नेपालमा सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा

एनआरएनए निर्वाचनमा धाँधली भएको आरके शर्मा समूहको आरोप, पुनः निर्वाचन गर्न माग

काठमाडौँ २८ नोभेम्बर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ । एनआरएनए आरके समूहद्वारा आज

भारतमा सुरुङभित्र फसेका मजदुरको १७ दिनपछि उद्धार

एजेन्सी २८ नोभेम्बर २०२३ । भारत उत्तराखण्ड राज्यको उत्तरकाशीमा सुरुङभित्र फसेका मजदुरको १७ दिनपछि उद्धार भएको छ । सुरुङमा फसेका ४१ मजदुरलाई एम्बुलेन्समा राखेर बाहिर निकालिएको बीबीसी हिन्दीले जनाएको छ । उनीहरुलाई स्वास्थ्य परीक्षण र

नेपाली समाज नटिङहम बेलायतमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रामप्रसाद पन्थी

लण्डन २८ नोभेम्बर २०२३ । मिडल्यान्डको नटिङहमस्थित नेपाली समाज नटिङहम बेलायतले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न संस्थाको आठौं अधिवेशनले रामप्रसाद पन्थीको नेतृत्वमा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको छ । यसअघिका अधिवेशनहरुमा नेतृत्वका लागि

जाजरकोट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट, २८ नोभेम्वर । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा

भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु

एजेन्सी २७ नोभेम्बर २०२३ । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन

error: Content is protected !!