
महारानी एलिजाबेथको निधनप्रति नेपालका प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
काठमाडौं ९ सेप्टेम्बर २०२२ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताएका छन् ।
