भियतनाममा आगलागी हुँदा १४ जनाको मृत्यु

SHARE:

एजेन्सी सेप्टेम्बर ७ ।

दक्षिणी भियतनामको राजधानी हो ची मिन्ह नजिकैको कराओके कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

आगलागिमा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जना गम्भीर रहेको बताइएको छ । मंगलबार राति व्यापारिक भवनको माथिल्लो तल्लामा आगलागी भएको थियो । करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । २९ कोठासहितको उक्त भवनको करिब एक तिहाइ भागमा क्षति पुगेको छ । गत महिना पनि राजधानी हनोइको कराओके स्थलमा लागेको आगो निभाउने प्रयास गर्दा तीन अग्नि नियन्त्रकको मृत्यु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!