बीसीसी युकेद्वारा च्यारिटी डिनर नाईट आयोजना

SHARE:

पूर्ण गुरुङ

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विभिन्न उद्देश्यका साथ च्यारिटी डिनर नाईट कार्यक्रम आयोजना गरेको छ । गत आइतबार ५ सेप्टेम्बर बेलुकी अल्डरसटस्थित एम्पायर हलमा उक्त डिनर नाईट आयोजना गरिएको हो ।

उक्त कार्यक्रमलाई अन्र्तराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीया, नेपाली दूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल,  रस्मुर बरो काउन्सिलका मेयर जोन मार्श, बीसीसी युके अध्यक्ष धर्म तामाङ्ग र बीसीसी युके आमा अध्यक्ष उर्मिला गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।

कार्यक्रममा अन्र्तराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीयाले प्रमुख अतिथिको आशनबाट मन्तब्य दिदै, बीसीसी युकेले गर्दै आएको परोपकारी कार्यको लागि धन्यवाद दिदै सबैमा सुख, शान्ति, सम्वृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरे । साथै, उनले बौद्ध शिक्षा बारे बोल्दै, बौद्ध दर्शनमा महत्वपूर्ण मानिने दान, शील र भावना बारे चर्चा गरे । त्यस्तै, उनले, हामी जहाँ बसेता पनि आफ्नो भाषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए ।

नेपाली समुदाय बेलायतको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बिशेष अतिथि नेपाली दूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले बीसीसी युकेले बौद्ध शिक्षा एवं परम्परालाई संरक्षण तथा सम्वद्र्धन गर्दै विभिन्न परोपकारी कार्यहरु गर्दै आएकोमा धन्यवाद दिए । त्यस्तै, रस्मुर बरो काउन्सिलका मेयर जोन मार्शले रस्मोर बरो काउन्सिलमा १० प्रतिशत नेपालीहरुको बसोबास रहेको चर्चा गर्दै बीसीसी युकेले गर्दै आएको विभिन्न परोपकारी कार्यको लागि धन्यवाद दिए ।

कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बीसीसी युके सन् २००७ सालमा स्थापना भएको स्मरण गर्दै स्थापनादेखिनै सबैको साथ र सहयोगले गर्दानै सफलता मिलेको बताउँदै सबै सहयोगदाताहरुमा धन्यवाद ज्ञापन गरे । साथै, उनले प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि पाहुनाहरु, बीसीसी युकेका धर्मगुरु, उक्त च्यारिटी डिनर नाईट सफल बनाउन कार्यक्रम संयोजन गरेका बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङलगायत कार्यसमिति, आमाहरु, भक्तजनहरु, सहयोगदाताहरु एवं सहभागी सबैमा धन्यवाद दिए ।

त्यस्तै, कार्यक्रममा बीसीसी युकेका उपाध्यक्ष एवं प्रोजेक्ट मेनेजर हर्क गुरुङले बीसीसी युकेको स्थापना, गुम्बा निर्माण संगसंगै यसले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यहरुको बारेमा जानकारी गराए । साथै, उनले च्यारिटी डिनर नाईटको उद्देश्य र नयाँ परियोजनाबारे पावर पोइन्ट प्रिजेन्टेशन गर्दै सहयोगका लागि सबैमा हार्दिक अपील गरे ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त च्यारिटी डिनर नाईटमा नेपाली समुदाय बेलायतमा क्रियाशिल सयपत्री कल्चरल ग्रुप, शेर्पा एशोसिएसन, ब्रिशा, प्रश्न, दिवा, समीर, सोफियालगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए भने नेपाली समुदाय बेलायतमा परिचित गायिका ममता गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरिन् । त्यस्तै, बीसीसी युकेका टुल्कु गुरु जिग्मे सामतेन, खेन्पो केल्जेङ, लोपेन नोर्बुलगायत आमाहरुले अष्टमंगल, मलम पाठलगायत “ज्ञानका लागि ध्यान” भजन प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ, मगर संघ युकेकी अध्यक्ष सीता पुन, शेर्पा एशोसिएशन युकेका अध्यक्ष आङ्गदावा शेर्पा, शिव कल्चरल कम्युनिटी सेन्टर युकेका  अध्यक्ष वाचस्पति रेग्मी, सहारा युकेका अध्यक्ष लेरि कुसाङ्ग गुरुङ, ग्रेटर रस्मुर नेपाली कम्युनिटी अध्यक्ष मान गुरुङ, थाउजन्ट बुद्ध संघ रेडिङका अध्यक्ष मेजर समुन्द्र गुरुङ, डायमन्ड बुद्धिष्ट कम्युनिटी सेन्टरका अध्यक्ष योगेश गुरुङ, तामाङ्ग सोसाईटी युकेका अध्यक्ष ज्ञान तामाङ, बुद्ध फाउण्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ, गोर्खा भूतपूर्व सैनिक संघका (गेसो) अध्यक्ष कृष्ण कुमार राई, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, आमा अध्यक्ष दिलमाया गुरुङलगायत  संघसंस्थाका प्रतिनिधि, उद्यमी, व्यापारी, शुभचिन्तक, भक्तजनहरुको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ विएमई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र सल्लाहकार मेजर डमर घलेले बीसीसी युकेलाई दिएको अतुलनीय योगदानलाई कदर गर्दै प्रसंशा पत्रले सम्मान गरेका थिए । त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, श्रीप्रसाद गुरुङलगायतले गरेको स्वयंसेवालाई कदर गर्दै सम्मान गरियो । संगसंगै गुम्बाको दैनिक क्रियाकलापमा बिशेष समय दिएवापत बिष्णु गुरुङ, बत्ति गुरुङलगायतलाई खादा लगाई सम्मान गरिएको थियो । साथै, सयपत्री कल्चरल ग्रुपलगायत कार्यक्रममा प्रस्तुती दिएका कलाकारहरुलाई खादा लगाई सम्मान गरे ।

बीसीसी युकेको ट्रष्टी बनेका नयाँ सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले प्रमुख अतिथि, बिशेष अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षहरु, ट्रष्टीज, उद्यमी, व्यापारी, विज्ञापनदाता, सहयोगदातालगायत  सहभागी सबैलाई  स्वागत मन्तब्य प्रकट गर्दै उपस्थितिका लागि धन्यवाद दिए ।

राफल ड्र समेत खेलाइएको उक्त कार्यक्रममा लिलाम बढाबढ (अक्सन) समेत गरिएको थियो । उक्त अक्सनमा विभिन्न दाताहरुले महत्वपूर्ण सामाग्रीहरुलाई स्पोन्सर गरेका थिए । उक्त अक्सनलाई बीसीसी युकेका प्रोजेक्ट असिस्टेन्ट मेनेजर बिष्णु तामाङ्गले संचालन गर्दै विभिन्न सामाग्री प्रदान गरेका र अक्सनमार्फत सामान खरीद गरेका विभिन्न दानबीरहरुलाई धन्यवाद दिए । त्यस्तै, बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले राफल ड्रका लागि पुरस्कार प्रायोजन गर्ने र पुरस्कार पाउने विजेताहरुलाई धन्यवाद दिए ।

बीसीसी युकेका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आमा अध्यक्ष उर्मिला गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, आमा सचिव एवं प्रवन्धक शारदा गुरुङ, सल्लाकार जंगबहादुर गुरुङ, सानु लामालगायत बीसीसी युकेका कार्यसमिति, आमाहरु, ट्रष्टीज एवं शुभचिन्तकहरुले बिशेष भूमिका खेलेका थिए । त्यस्तै, महासचिव क्याप्टेन देब घलेले औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने बीसीसी युके कल्चरल सेक्रेटरी पञ्च तामाङ्गको साँस्कृतिक कार्यक्रमको संयोजन र विभा गुरुङले साँस्कृतिक कार्यक्रमलाई संचालन गरेकी थिईन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!