महारानी एलिजाबेथको निधनप्रति नेपालका प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

SHARE:

काठमाडौं ९ सेप्टेम्बर २०२२ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले शुक्रबार शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताएका छन् । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गर्नुभएको प्रधानमन्त्री देउवाले सन्देशमा बताएका छन् । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गरेको नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उनलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हालेकी उनी ७० वर्षसम्म गद्दीनशीन थिइन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!