
बेङलोरविरूद्ध खेल्दै सन्दीपले गरे आइपिएलमा ‘डेब्यु’
काठमाडौँ । अन्ततः नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्ने अवसर पाएका छन् । दिल्ली डेयर डेभिल्सले शनिबार रोयल च्यालेन्जर्स बेङलोरसँगको खेलमा सन्दीपलाई पहिलो पटक अवसर दिएको हो ।




