काठमाडौँ । अन्ततः नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्ने अवसर पाएका छन् । दिल्ली डेयर डेभिल्सले शनिबार रोयल च्यालेन्जर्स बेङलोरसँगको खेलमा सन्दीपलाई पहिलो पटक अवसर दिएको हो ।
दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १८ वर्षे सन्दीपले अवसर पाएका थिएनन् । दिल्ली ३ खेलमात्र जिति अंक तालिकाको पुछारमा रहेको छ । टोलीका प्लेअफमा पुग्ने सम्भावना ज्यादै न्यून रहेको छ। नोभेम्बरमा बेङलोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो।
प्रकाशित मितिः २९ वैशाख २०७५






