दमक गोल्डकपमा थ्रीस्टारमाथि पुलिसको जित

SHARE:

दमक । दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । थ्रीस्टार क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले थ्रीस्टारलाई १–० गोलले हराएको हो ।

पुलिसका लागि अभिशेक रिजालले गोल गरेका थिए । पुलिसका गोलकिपर किरण चेम्जोङ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले रु ११ हजार प्राप्त गरे । गोल्डकपको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु ६ लाख पुरस्कार प्राप्त गर्ने छ । सोमबार सरस्वती क्लब र मनाङ मस्र्याङ्दीबीच खेल हुने प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिनुभयो । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!