सातौं पाँचथर कप तोङ्बा एफसीको हातमा

SHARE:

शान्ति लिम्बु
फेल्थाम । सातौं पाँचथर कपको मुख्य उपाधि यस बर्ष पनि तोङ्बा एफसीले हात पारेको छ । १७ देखि ३७ वर्षसम्मका युवा खेलाडीहरु सम्मिलित फाइनल खेलमा एमबिजेडलाई हराउँदै तोङ्बा एफसी दोश्रो पटक बिजयी बनेको हो । तर, सार्वधिक पाँच गोल गरी उपबिजेता एमबिजेडका प्रणय गुरुङ नै टप स्कोरर बने । बिजयी टिमका अर्पण गुरुङ भने सो समुहको उत्कृष्ट खेलाडी बने । बिजेता तोङ्बा एफसीले एक हजार पाउण्ड र उपबिजेता एमबिजेडले पाँच सय पाउण्ड हात
पारेका छन् ।

गत शनिबार मे ५ का दिन फेल्थाम कम्युनिटी खेल मैदानमा पाँचथर समाज सेवा यूकेद्वारा आयोजित सातौं पाँचथर कप २१ वटा टिमले भाग लिएका थिए । तिमध्ये सुपर भेटरन समूहमा चार, भेटरन समुहमा सात र मुख्य युवा समूहमा जम्मा दश वटा टिम प्रतिस्पर्धी रहे ।

सुपर भेटरन समुहतर्फ धरान समाज बिजेता बने भने इलाम एफसीे उपबिजेता । इलाम समाजका दुर्गा राई उत्कृष्ट खेलाडी भए भने धरान समाजका ओम थापाले सार्वधिक गोल गरी टप स्कोरर बने । सुपर भेटरन समुहमा धरान समाज बिजेता बनेको यो दोश्रो पटक हो । बिजेता र उपबिजेता टिमले ट्रफी सहित क्रमश पाँचसय र चारसय पाउण्ड नगद प्राप्त गरे ।

त्यस्तै, ३८ देखि ४४ बर्षसम्मका खेलाडीहरु सम्मिलित भेटरन समुहको फाइनलमा क्यूएएफसीले इलाम एफसीलाई हराउँदै यस बर्षको बिजेता बने । तर उपबिजेता इलाम एफसीका लेख राई नै भेटरन समुहका उत्कृष्ट खेलाडी बने । उता बिजयी टिमका टेक लिम्बुले भने सार्वधिक चार गोल गरी समुहका टप स्कोरर बने । भेटरन समुहका बिजेता क्यूएएफसीले नगद सात सय पाउण्ड र उप बिजेता इलाम एफसीले नगद चार सय पाउण्ड प्राप्त गरे ।
प्रत्येक समुहका बिजेता उपबिजेता टिमहरुलाई प्रमाणपत्र र खेलाडीहरुलाई ट्रफी प्रदान गरियो । बिजेता टिमहरुलाई भने शील्ड पनि प्रदान गरियो ।

सबै समुहको खेलको समापनपछि पुरस्कार वितरण समारोहको आयोजना गरियो । समाजका महासचिव खुशी लिम्बुले सञ्चालन गरेको समारोह कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास लण्डनका द्वितीय सचिब लव सुवेदी थिए । प्रमुख अतिथि सुवेदीले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न गरेकोमा पाँचथर समाज सेवा यूकेलाई र बिजयी खेलाडीहरुलाई बधाई दिए । उनले पाँचथर समाज सेवा यूकेले गर्ने यस्ता सृजनात्मक कृयाकलापहरुमा नेपाली दुतावासको सधैं सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाए ।

बेलायतमा रहेका नेपाली खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको सो पाँचथर कप प्रतियोगिताका प्रमुख संयोजक टेक माबोले सहभागी टिमहरु, खेलाडीहरु, रेफ्रीहरु र खेललाई सफल पार्न सहयोग गर्ने सबै ब्यक्ति र संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । पुरस्कार बितरण समारोह कार्यक्रमको समापन गर्ने क्रममा समाजका अध्यक्ष चन्द्र बहादुर सुन्दासले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे । उनले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न गर्ने सबै ब्यक्ति, संघसंस्था, टिम, खेलाडी, प्रायोजक र पाँचथर समाज यूकेको सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । अध्यक्ष सुन्दासले भबिष्यमा पनि सबैबाट सोही स्तरको सहयोगको आशा ब्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!