डिपिएल क्रिकेटको तयारी पूरा

SHARE:

धनगढी । यही चैत १७ गतेदेखि यहाँ हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताउनुभयो । नेपाली क्रिकेट टोलीका कप्तान एवं प्रतियोगितामा भाग लिने विराटनगर किंग्सका रणनीतिक खेलाडी पारश खड्काले प्रतियोगिताको आयोजनाले क्रिकेट क्षेत्रमा नयाँ नयाँ खेलाडी जन्मिने भई नेपाली क्रिकेट खेलको बिकासमा योगदान पुग्ने बिश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा प्रतियोगिता अघि आज सम्पूर्ण टोलीका कप्तान र सञ्चालकहरूको उपस्थितिमा प्रतियोगिताको ‘ट्रफि‘ सार्वजनिक गर्न लागिएको जानकारी दिइएको छ ।
डिपिएलको मैदान तथा पिचको तयारी
धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना हुँदैछ । खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पिच र मैदान आकर्षक ढंगले तयार गरिएको छ भने दर्शकहरू बस्नका लागि झण्डै सात हजार क्षमताको अस्थायी ‘प्यारापिट’ निर्माण गरिएको छ ।
प्रतियोगिताका लागि दुई महिनादेखि मैदानको व्यवस्थापन थालिएको थियो । दोस्रो संस्करणको यो प्रतियोगिताले आइसिसीको मान्यतासमेत पाएको छ । यससँगै धनगढीमा हुन लागेको यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय उचाइमा पु¥याइदिएको छ जसका कारण प्रतियोगितामा भाग लिने सम्पूर्ण टोलीले उच्चस्तरका अन्तर्राष्ट्रिय खेलाडीलाई प्राथमिकता दिएर टोलीसँग अनुबन्ध गर्न पाएका छन् । विभिन्न टोलीमा अनुबन्ध भएका खेलाडी धनगढी भित्रिने क्रम शुरु भएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी र कर्मचारीको बीमा गरिएको आयोजकले जनाएका छन् ।
भाग लिने क्रिकेट टोली
देशको पहिलो अक्सन र सिटी बेस्ड फ्रेन्चाइजमा आधारित यो प्रतियोगितामा टोली चौराहा धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्ससमेत छ टोलीले भाग लिन लागेका छन् ।
पुरस्कार
कूल १९ वटा खेल खेलाइने प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख तेस्रो हुनेले रु तीन लाख र चौथो हुनेले रु दुई लाख पाउनेछन् ।
यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले मोटरसाइकल, गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पाउनेले गोल्डन बुट र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’को उपाधि पाउनेले रु १० हजार पुरस्कार पाउनेछन् ।
टोलीमा खेल्ने विदेशी खेलाडी
महेन्द्रनगर युनाइटेडमा भारतको आइपिएल खेलेका पुनित विष्ट र रणजी प्लेयर पुनित मेहरा सहभागी हुनेछन् । यस्तै, रुपन्देही च्यालेन्जर्समा भारतकै दीपक प्रसाद, ओमानका सुफ्यान महम्मद, सिवाइसी अत्तरियामा भारतका गौरव चितकार र विपिन चन्द, काठमाडौँ गोल्डेनमा भारत रणजी प्लेयर जयकिसन कोल्सावाला र शनि पटेल सहभागी रहेकामा विराटनगर किंग्स र टोली चौराहा धनगढीमा सामेल हुने विदेशी खेलाडी भने सार्वजनिक हुन बाँकी रहेको छ ।
रणनीतिक खेलाडी
प्रतियोगितामा भाग लिने टोलीका रणनीतिक खेलाडीमा महेन्द्रनगर युनाइटेडमा विनोद भण्डारी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, सिवाइसी अत्तरियामा दिपेन्द्रसिं ऐरी, टोली चौराहा धनगढीमा सोमपाल कामी, काठमाडौँ गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्समा पारस खड्का रहेका छन् ।
प्रकाशित : १६ चैत २०७४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!