मिरर पत्रिकाविरुद्ध ‘फोन ह्याकिङ’ मुद्धा जिते बेलायती राजकुमार ह्यारीले
लण्डन १६ डिसेम्बर २०२३ । बेलायती राजकुमार ह्यारीले बेलायतको मिरर समूहका पत्रिकाहरुविरुद्धको फोन ह्याकिङसम्बन्धि बहुचर्चित मुद्धा जितेका छन् । उक्त पत्रिकाले प्रकाशित गरेका प्रिन्स ह्यारीसम्बन्धि समाचारहरुमा फोन ह्याकिङमार्फत् गैरकानूनी तवरले सूचना संकलन गरिएको ठहर गर्दै

